• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सबैभन्दा ठूलो ‘स्पेस स्टेशन’ नियन्त्रणबाहिर, पृथ्वीमा ठोक्किने अनुमान

  •      /१२ मंसिर २०७४, मंगलवार ०७:३५ ,  प्रकाशीत
  • अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको चीनको पहिलो अन्तर्राष्ट्रिय ‘स्पेश स्टेशन तियानगोंग–१’ नियन्त्रणबाहिर पुगेको र उक्त स्टेशन पुन पृथ्वीमा आएर ठोक्किने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।

    गतवर्षको सेप्टेम्बर महिनादेखि नियन्त्रणबाहिर पुगेको ८.५ टनको ‘स्पेस स्टेशन तियानगोंग–१’ आगामी वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पृथ्वीमा आएर ठोक्किने ‘युरोपियन स्पेस एजेन्सी’ (इएसए)का वैज्ञानिकहरुले अनुमान गरेका हुन् ।

    इएसएका वैज्ञानिकहरुले हराइरहेको उक्त ‘स्पेस स्टेशन’ पृथ्वीको गुरुत्वाकर्षणभित्र प्रवेश गरेपछि आगोको ज्वालासहित स्पेन, इटली, टर्की, ब्राजिल, चीन, भारत र अमेरिकाका भु–भागमा ठोक्किन सक्ने बताएका छन् ।

    वैज्ञानिकहरुले अहिलेदेखि नै सबै वैज्ञानिकहरुलाई उक्त ‘स्पेस स्टेशन’ पृथ्वीमा फर्कने समयको निरीक्षण गर्न चेतावनी दिएका छन् ।

    ‘डेलिमेल अनलाइन’का अनुसार चीनले सन् २०१२ सेप्टेम्बर २९ मा सबैभन्दा ठूलो मानिएको चीनको पहिलो ‘स्पेस स्टेशन तियानगोंग–१’ चीनको ‘अर्थ स्टेशन’बाट प्रक्षेपण गरेको थियो । तर, सन् २०१६ को सेप्टेम्बर महिनादेखि उक्त स्टेशन पृथ्वीबाट ३०० किलोमिटरमाथी अन्तरिक्षको कक्षमा नियन्त्रणबाहिर गएर हराएको चिनियाँ वैज्ञानिकहरुले पुष्टि गरेका थिए ।

    ‘युरोपियन स्पेस एजेन्सी’का प्रमुख होल्गेर क्रगले उक्त ‘स्पेस स्टेशन’ हराएको कक्षबाट पृथ्वीतिर फर्किदा उत्तरी ध्रुब ४३ डिग्री वा दक्षिण ध्रुब ४३ डिग्री कोणमा ठोक्किने अनुमान गरेको बताए । उनले उक्त ‘स्टेशन’ पृथ्वीमा फर्किने निश्चित रहेको तर त्यसको समय चैं अध्ययनका आधारमा अनुमान गरेको बताए ।

    इएसएका वैज्ञानिकहरुले आगामी वर्षको फेब्रुअरी महिनामा खगोलविदहरुसंग ‘तियानगोंग–१’ले पृथ्वीमा पुन प्रवेश गर्ने र त्यसलाई कसरी निरीक्षण गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय गोष्ठि गर्ने उल्लेख गरेको छ । एजेन्सी

    source :imagekhabar

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.