इन्टरनेट सेवा प्रदायकहरूले आगामी सोमबारदेखि कम मूल्य र कम गतिको इन्टरनेट प्याकेज बिक्री नगर्ने घोषणा गरेका छन्।
इन्टरनेट सेवा प्रदायकहरू संस्थान (आइस्पान)ले जारी गरेको नयाँ विज्ञप्तिअनुसार आगामी २०८३ असोज १९ गते सोमबारदेखि हाल उपलब्ध गराउँदै आएका सुपथ मूल्यका तथा कम गतिको प्याकेज उपलब्ध गराउन असमर्थ हुने जानकारी दिइएको हो।
कम मूल्य र कम गतिको इन्टरनेटको सस्ता प्यकेज प्रयोग गर्ने ग्रहक यो निर्णयसंगै अब महंगो र उच्च गतिको इन्तरनेट प्रयोग गर्न बाध्य हुने भएका छन ।
इन्टरनेट सेवा प्रदायकहरूले पछिल्ला वर्षमा विभिन्न लागत बढ्दै गएकाले सस्तो मूल्यका प्याकेजलाई निरन्तरता दिन कठिन भएको बताएका छन्। उनीहरूका अनुसार पछिल्ला वर्षको मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको मूल्यमा भएको वृद्धि, उच्च मुद्रास्फीति तथा कृत्रिम बौद्धिकताको तीव्र विस्तारसँगै विद्युतीय उपकरण र चिपसेटको मूल्य बढ्दा इन्टरनेट सेवा सञ्चालनको लागत बढेको छ।
विज्ञप्तिमा इन्टरनेट सेवा प्रदायकहरूलाई सञ्चालन खर्च धान्नसमेत कठिन भइरहेको उल्लेख छ। यही कारण हाल ग्राहकलाई दिँदै आएका कम मूल्य र कम गतिको प्याकेजलाई निरन्तरता दिन नसकिने जनाइएको छ।
नेपालमा पछिल्लो १२ वर्षमा इन्टरनेटको पहुँच र प्रयोग उल्लेख्य रूपमा विस्तार भएको दाबी गर्दै सेवा प्रदायकहरूले फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचका हिसाबले नेपाल दक्षिण एसियामै अग्रस्थानमा रहेको बताएका छन्।
सेवा प्रदायकहरूले सबै इन्टरनेट कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट अनुसारका शुल्क आफ्नो वेबसाइटमा स्पष्ट रूपमा राख्न निर्देशन दिएका छन्।

Related