• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाल आर्मी र एपिएफ क्लब पुरुष भलिवलको फाइनलमा प्रबेश

  •      /१४ पुष २०७४, शुक्रबार १६:०३ ,  प्रकाशीत
  • पोखरा । पोखरामा जारी राष्ट्रिय खेलकुद पसिषद च्याम्पियनसीप अन्तर्गतको ३१ औं पुरुष राष्ट्रिय भलिवल प्रतियोगिताको फाइनलमा नेपाल आर्मी र एपिएफ क्लब प्रबेश गरेका छन् । नेपाल आर्मीले अर्को विभागिय टोली नेपाल पुलिसलाई र एपिएफले आयोजक पश्चिमाञ्चललाई हराउदै फाइनमा प्रबेश गरेका हुन् । आर्मीले संघर्षपुर्ण खेलमा नेपाल पुलिसलाई ३–२ को सेटमा हराएको छ। आर्मीले २५– २३, १९–२५, २५–२३, १९–२५ र १६—१४ को सेटमा हराएको हो ।
    शुक्रबार भएको अन्तिम खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले पश्चिमाञ्चललाई ३—० को सोझो सेटमा हराउदै आर्मी सगँको भेट पक्का गरेको हो । एपिएफले २५–१६, २५–२१ र २५–२३ अंक बटुल्दै पश्चिमाञ्चलाई हराएको हो। तेस्रो स्थानका लागि आयोजक पश्चिमाञ्चल र नेपाल पुलिस क्लब भिड्ने छन् ।
    त्यसै गरि २१ औं महिला राष्ट्रिय भलिवल प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रबेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पश्चिमाञ्चललाई सोझो सेटमा हराउदै एपिएफ फाइनलमा प्रबेश गरेको हो । एपिएफले पश्चिमाञ्चललाई २५–१८, २५–२२ र २५–२२ को सोझो सेटमा जित हातपारेको हो । जित सगँ एपिएफ फाइनलमा प्रबेश गरेको छ । शुक्रबार नै भएको अर्को सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदै मध्यमाञ्चलले एपिएफ सगँको भेट पक्का गरेको छ ।
    न्युडामण्डका खेलाडीको सेट टिम नै मध्यमाञ्चबाट मैदानमा उत्रिदा नेपाली पुलिस क्लबले ३–१ को सेटमा पराजीत भएको हो । नेपाल पुलिस क्लबले पहिलो सेट जिते पनि त्यस पछिका सबै तीन खेल नै मध्येमाञ्चले जितेको छ । मध्येमाञ्चलले २२– २५, २५–२०, २७–२५ र २५–१३ ले हराएको छ। तेस्रो स्थानका लागि शनिबार पश्चिमाञ्चल र नेपाल पुलिस क्लब विच खेल हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
    पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
    ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.