नगरको समग्र विकासमा तपाईंका योजना केके छन् ?
जनताले मलाई समृद्ध पोखरा लेखनाथ निर्माणको अभिभारा सुम्पेका छन् । यो अभिभारा पूरा गर्नु नै मेरो पहिलो लक्ष्य हो । यसका लागि पोखरामा पर्यटन उद्योगको प्रचुर सम्भावना छ, तसर्थ पर्यटन प्रवर्द्धनको लागि पूर्वाधार निर्माण गरेर अगाडि जानुपर्छ नै । शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक सेवा जनताका माझ पुर्याउन समेत हामी योजनाबद्ध ढङ्गले अगाडि बढेका छौं । पोखरालाई कस्तो बनाउने भन्ने कुरामा तर्कहरू नभएका होइनन्, तर हामीले हचुवाको भरमा यस्तो भन्नु भन्दा पनि गुरुयोजना बनाएर नै अगाडि बढ्दै छौं । यो आर्थिक वर्ष पोखरा लेखनाथ समृद्धि र विकासको गुरुयोजना निर्माणको काममा हामी लाग्नेछौं । गुरुयोजना तयार गरी त्यसको प्रारूपअनुरूप महानगरको भौतिक विकासलाई तीव्र पार्नेछौं । त्यो दिगो र योजनाबद्ध हुनेछ ।
यी योजना सम्पन्न गर्न नगरपालिकालाई कति बजेटको आवश्यकता पर्छ र त्यसका स्रोतहरू केके हुन् ?
नेपालको आर्थिक व्यवस्था करमा आधारित अर्थ प्रणाली हो । हामीले यसको विकल्प सोच्नु जरुरी छ । योजना निर्माण गरेर अगाडि बढ्न पोखरामा स्रोतको समस्या नहुनेमा हामी ढुक्क छौं । आन्तरिक स्रोत व्यवस्थापन, कर तथा वैदेशिक सहायता तथा समन्वय पनि स्रोत व्यवस्थापनको पाटो हो ।
स्थानीय सरकारको रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न केके चुनौती देख्नुहुन्छ ?
चुनौती नै छैनन् या हुँदैनन् भन्ने होइन, तर आफू काममा इमानका साथ लाग्ने हो भने खासै समस्या आउँछ जस्तो म देख्दिनँ । आज हामी आफै आफ्नो लागि आवश्यक कानून बनाउन सक्ने जिम्मेवारीमा छौं । यसले गर्दा झन् जनताको काम सरल र सहज ढङ्गबाट सम्पादन गर्नका लागि सहज हुनेछ । विकास निर्माणमा स्थानीय राजनीतिक दलहरू सरिक हुनु आवश्यक छ । एक्लैले विकास निर्माण सम्भव हुँदैन, विकास निर्माणमा राजनीतिक दलहरूको सल्लाह, सुझाव र सहकार्य आवश्यक पर्छ । त्यसमा राजनीतिक दलहरूसँग पनि सहकार्य हुन्छ । विकास निर्माणलगायत सामाजिक कार्यहरूमा कुनै पूर्वाग्रह नराखी कार्य गर्नेछु ।
लामो समयदेखि स्थानीय निकाय कर्मचारीले सञ्चालन गर्दै आएका थिए । हाल जनप्रतिनिधि निर्वाचित भएर आएपछि कर्मचारीसँग समन्वय गर्न समस्या छ कि छैन ?
कर्मचारीले देशको विषम परिस्थितिमा जनप्रतिनिधिले गर्ने प्रशासनिक कामहरू गर्दै आएका थिए । तर, स्थानीय निकायको निर्वाचन सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिहरूले कार्यप्रारम्भ गरेपछि कर्मचारीहरू आफ्नो जुन जिम्मेवारी र भूमिका हो, त्यसमै जिम्मेवारीपूर्वक लागेका छन् । निर्वाचित प्रतिनिधिहरू र उहाँहरूको तोकिएको आ–आफ्नो जिम्मेवारीअनुसार नै कार्य अगाडि बढेको छ । कर्मचारी वर्गबाट हामीले पूरापूर सहयोग पाएका छौं र अपेक्षा पनि गरेका छौं । हामीलाई विश्वास छ, कर्मचारी वर्गबाट हामीले सोचेअनुसारको सहयोग मिल्नेछ ।
निर्वाचनको बेला महानगरलाई स्मार्टसिटी निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
हामीले स्मार्टसिटी बनाउने कुरा सस्तो चुनावी नारा बनाएका पक्कै होइनौं, सम्भावना देखेकोले नै बोलेका हौं । यो ५ वर्ष हामी पोखरालाई स्मार्टसिटी बनाउन आवश्यक पूर्वाधार तयार गर्ने कुरामा प्रतिबद्ध छौं । सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै हरेक कार्यसम्पादन चुस्त दुरुस्त तथा सहज बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता पनि हो । स्मार्ट सिटी बनाउने एउटा पूर्वाधार स्मार्ट नागरिक हुन् । स्मार्ट कृषि, स्मार्ट स्वास्थ्य, शिक्षा हुँदै इण्टरनेट अफ थिङ्ससमेत परिकल्पना गरेर अगाडि बढ्नु पर्ने समयमा सम्भवरअसम्भव भन्ने कुरामा अलमलिनु हुन्न ।
तपाईं निर्वाचित हुनुुभएको ३ महीना बितिसकेको छ, तर जनताको अपेक्षाअनुसार काम भएन भन्ने जनगुनासो छ नि ?
जनताले हामीलाई ५ वर्षको लागि जिम्मेवारी दिएर पठाउनु भएको हो । ढुक्क हुनुहोस्, यो समयावधिमा मलाई भोट दिएकोमा गर्व गर्न सक्ने गरी पोखराको समृद्धिको लागि काम गर्नेछु । तत्काल काम नभएको होइन, तर आन्तरिक सुधारमा बढी समय बितेकोले गर्दा काम अनुभूत नभएको हुनसक्छ । आगामी दिनलाई भरमग्दुर सदुपयोग गर्दै विकास निर्माणलाई तीव्रता दिनेछौं । कामहरू हुँदै नभएका भन्ने होइन । छाडाचौपाया नियन्त्रण गर्नुका साथै वर्षायाम सकिएलगत्तै सडकका खाल्डाखुल्डी पुर्न जनशक्ति तयारी अवस्थामा राखेका छौं ।
सस्तो लोकप्रियताका लागि पदासीन भएकै दिन वृद्धभत्ता बढाउनु भयो भन्ने आरोप छ नि ?
हामीले जे बोलेका थियौं, त्यही कुराको शुरुआत मात्रै गरेका हौं । सस्तो लोकप्रियताको लागि भन्दा पनि आवश्यकता महसूस गरेर नै यो घोषणा गरिएको हो । एउटा नागरिकले युवा अवस्थामा समाज र राज्यका लाागि आफ्नो ठाउँबाट महत्त्वपूर्ण योगदान गरिरहेको हुन्छ । जब ऊ उमेरको हिसाबले वृद्धावस्थामा पुग्छ, त्यस अवस्थामा नागरिकको योगदानस्वरुप राज्यले उसलाई केही भए पनि राहत र सम्मान गर्नुपर्छ भन्ने अवधारणाअनुसार नै हामीले यो निर्णण गरेका हौं । हाम्रो उहाँहरूप्रतिको सम्मान हो ।
त्यसलाई निरन्तरता दिन सक्नुहुन्छ त ?
निरन्तरता दिनका लागि हामी अगाडि बढिसकेको छ । तसर्थ अब यो निर्णय निर्धक्कसँग कार्यान्वयन हुन्छ । हामीले आफ्नो आन्तरिक स्रोत जुटाएरै भए पनि व्यक्त गरेका प्रतिबद्धता पूरा गरेरै छाड्छौं । यसका लागि गृहकार्य थालिसकेका छौं ।
महानगरभित्रका पूर्वाधार निर्माणले कहिलेदेखि गति लिन्छ त ?
हामीले यस वर्ष गुरुयोजना तथा विकास योजनाको डीपीआर तयार गर्ने प्रक्रियालाई पहिलो प्राथमिकतामा राखेका छौं । साथै महानगरभित्रका सबै मूल सडकहरूमा कालोपत्र गर्न नसके पनि २४सै घण्टा सवारी चलाउन मिल्नेगरी स्तरोन्नति गर्नेछौं । यसको लागि प्राविधिकको टोलीसमेत बनाएर काम अगाडि बढाइसकेका छौं ।
मानबहादुर जिसी
मेयर, पोखरा लेखनाथ महानगरपालिका

सभार आथर््िाक अभियान
Related