कास्की । भूकम्प र नाकाबन्दीले थलिएको पोखराको पर्यटन व्यवसायले अझै पनि पूर्णरूपमा गति लिन सकेको छैन । करीब साढे २ वर्षअघिको भूकम्पपछि अस्तव्यस्त बनेको पर्यटन व्यवसाय अझै पनि पहिलेको अवस्थामा फर्की नसकेको पर्यटन व्यवसायीले बताएका छन् ।
व्यवसायीका अनुसार यूरोप र अमेरिकालगायत पर्यटकको आगमनमा वृद्धि भए पनि ठूलो सङ्ख्यामा भित्रिने चिनियाँ पर्यटकको सङ्ख्या अझै बढ्न सकेको छैन । तथ्याङ्कमा पर्यटक वृद्धि देखिए पनि व्यवसायमा खासै प्रभाव नदेखिएको व्यवसायी बताउँछन् ।
एक, डेढ महीना पर्यटक आगमन उच्च हुने र अन्य महीना सुनसान हुँदा पर्यटन व्यवसायमा सन्तुलित प्रभाव नभएको व्यवसायीको भनाइ छ । सेप्टेम्बर र अक्टोबरमा विशेषगरी अमेरिका र यूरोपका पर्यटकको आगमन हुने गर्दछ । तर, अहिले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध भएपछि चिनियाँ पर्यटकको आगमन कम छ । हवाईमार्गको मात्र भर पर्दा चिनियाँ पर्यटकको वृद्धि हुन नसकेको हो । अन्य समयमा आउने भारतीय पर्यटक पनि कम आएको पर्यटन व्यवसायी बताउँछन् ।
भूकम्प र पहिरोको कारणले अवरुद्ध तातोपानी नाका खुल्न नसक्दा चिनियाँ पर्यटक आगमनमा वृद्धि हुन नसकेको ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)का पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष दीपकराज अधिकारीले बताए । ‘चिनियाँ पर्यटक भित्रने मुख्य स्थलमार्ग तातोपानी नाका खुल्न नसक्दा ठूलो सङ्ख्यामा भित्रिने पर्यटक आगमन कम भएको हो,’ उनले भने, ‘हवाई मार्गबाट धेरै महँगो पर्ने र स्थलमार्ग आगमन रोकिएकोले पर्याप्त चिनियाँ पर्यटक आगमन कम भएको हो ।’ पोखराका पर्यटन व्यवसायीले चिनियाँ पर्यटकलाई लक्षित गरी विभिन्न क्षेत्रमा लगानी बढाए पनि त्यसको प्रतिफल लिन नसकेको उनले बताए । पर्यटन बोर्डका अनुसार अहिले वार्षिकरूपमा १ लाख चिनियाँ पर्यटक नेपाल भित्रिने गरेका छन् । उनीहरू सबै हवाई मार्गबाट आउने गरेको छन् । तर, भूकम्प जानुअघि वार्षिक ८० हजार चिनियाँ पर्यटक नेपाल आउने गरेका छन् । त्यसमध्ये ठूलो सङ्ख्या स्थलमार्ग तातोपानी नाका हुँदै आउने गरेका छन् । भूकम्प आएको वर्षमा ५० हजारमात्र चिनियाँ पर्यटक नेपाल आएका थिए ।
फेब्रुअरीमा नयाँ वर्षको र अक्टोबरमा बिदाको महीना मनाउने समय भएका कारण त्यस समयमा फुर्सदिला हुने चिनियाँ पर्यटक पोखरा आउने गरेका भए पनि अहिलेको सिजनमा निकै कम चिनियाँ पर्यटकको आगमन भएको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा ८ लाख पर्यटकको आगमन भइसकेको र डिसेम्बरको अन्त्यसम्म करीब १० लाख पर्यटन आगमन हुने प्रतिवेदन सार्वजनिक भए पनि भौतिक पूर्वाधार, कनेक्टिभिटी र पर्यटकको छोटो बसाइले पर्यटन व्यवसायमा खासै प्रभाव नपारेको अध्यक्ष तुलाचनले बताए ।
गाडीबाट तातोपानी नाका हुँदै नेपाल आउँदा सस्तो पर्ने हुँदा भूकम्पअघि पोेखरा आउने पर्यटकको सङ्ख्या बढी थियो, तर भूकम्पपछि स्थलनाका पूर्णरूपमा बन्द भएपछि हवाई मार्गबाट मात्र चिनियाँ पर्यटक नेपाल आउने माध्यम बनेपछि आगमन घटेको हो । हवाई मार्गबाट काठमाडौं आउन प्रतिव्यक्ति ८ सयदेखि १ हजार अमेरिकी डलर लाग्ने गर्दछ ।

Related