• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुरुयोजना निर्माण गरी काम अगाडि बढाउँछौं

  •      /१५ पुष २०७४, शनिबार ०९:४० ,  प्रकाशीत
  • मानबहादुर जिसी
    मेयर, पोखरा लेखनाथ महानगरपालिका

    नगरको समग्र विकासमा तपाईंका योजना केके छन् ?
    जनताले मलाई समृद्ध पोखरा लेखनाथ निर्माणको अभिभारा सुम्पेका छन् । यो अभिभारा पूरा गर्नु नै मेरो पहिलो लक्ष्य हो । यसका लागि पोखरामा पर्यटन उद्योगको प्रचुर सम्भावना छ, तसर्थ पर्यटन प्रवर्द्धनको लागि पूर्वाधार निर्माण गरेर अगाडि जानुपर्छ नै । शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक सेवा जनताका माझ पुर्‍याउन समेत हामी योजनाबद्ध ढङ्गले अगाडि बढेका छौं । पोखरालाई कस्तो बनाउने भन्ने कुरामा तर्कहरू नभएका होइनन्, तर हामीले हचुवाको भरमा यस्तो भन्नु भन्दा पनि गुरुयोजना बनाएर नै अगाडि बढ्दै छौं । यो आर्थिक वर्ष पोखरा लेखनाथ समृद्धि र विकासको गुरुयोजना निर्माणको काममा हामी लाग्नेछौं । गुरुयोजना तयार गरी त्यसको प्रारूपअनुरूप महानगरको भौतिक विकासलाई तीव्र पार्नेछौं । त्यो दिगो र योजनाबद्ध हुनेछ ।

    यी योजना सम्पन्न गर्न नगरपालिकालाई कति बजेटको आवश्यकता पर्छ र त्यसका स्रोतहरू केके हुन् ?
    नेपालको आर्थिक व्यवस्था करमा आधारित अर्थ प्रणाली हो । हामीले यसको विकल्प सोच्नु जरुरी छ । योजना निर्माण गरेर अगाडि बढ्न पोखरामा स्रोतको समस्या नहुनेमा हामी ढुक्क छौं । आन्तरिक स्रोत व्यवस्थापन, कर तथा वैदेशिक सहायता तथा समन्वय पनि स्रोत व्यवस्थापनको पाटो हो ।

    स्थानीय सरकारको रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न केके चुनौती देख्नुहुन्छ ?
    चुनौती नै छैनन् या हुँदैनन् भन्ने होइन, तर आफू काममा इमानका साथ लाग्ने हो भने खासै समस्या आउँछ जस्तो म देख्दिनँ । आज हामी आफै आफ्नो लागि आवश्यक कानून बनाउन सक्ने जिम्मेवारीमा छौं । यसले गर्दा झन् जनताको काम सरल र सहज ढङ्गबाट सम्पादन गर्नका लागि सहज हुनेछ । विकास निर्माणमा स्थानीय राजनीतिक दलहरू सरिक हुनु आवश्यक छ । एक्लैले विकास निर्माण सम्भव हुँदैन, विकास निर्माणमा राजनीतिक दलहरूको सल्लाह, सुझाव र सहकार्य आवश्यक पर्छ । त्यसमा राजनीतिक दलहरूसँग पनि सहकार्य हुन्छ । विकास निर्माणलगायत सामाजिक कार्यहरूमा कुनै पूर्वाग्रह नराखी कार्य गर्नेछु ।

    लामो समयदेखि स्थानीय निकाय कर्मचारीले सञ्चालन गर्दै आएका थिए । हाल जनप्रतिनिधि निर्वाचित भएर आएपछि कर्मचारीसँग समन्वय गर्न समस्या छ कि छैन ?
    कर्मचारीले देशको विषम परिस्थितिमा जनप्रतिनिधिले गर्ने प्रशासनिक कामहरू गर्दै आएका थिए । तर, स्थानीय निकायको निर्वाचन सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिहरूले कार्यप्रारम्भ गरेपछि कर्मचारीहरू आफ्नो जुन जिम्मेवारी र भूमिका हो, त्यसमै जिम्मेवारीपूर्वक लागेका छन् । निर्वाचित प्रतिनिधिहरू र उहाँहरूको तोकिएको आ–आफ्नो जिम्मेवारीअनुसार नै कार्य अगाडि बढेको छ । कर्मचारी वर्गबाट हामीले पूरापूर सहयोग पाएका छौं र अपेक्षा पनि गरेका छौं । हामीलाई विश्वास छ, कर्मचारी वर्गबाट हामीले सोचेअनुसारको सहयोग मिल्नेछ ।

    निर्वाचनको बेला महानगरलाई स्मार्टसिटी निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
    हामीले स्मार्टसिटी बनाउने कुरा सस्तो चुनावी नारा बनाएका पक्कै होइनौं, सम्भावना देखेकोले नै बोलेका हौं । यो ५ वर्ष हामी पोखरालाई स्मार्टसिटी बनाउन आवश्यक पूर्वाधार तयार गर्ने कुरामा प्रतिबद्ध छौं । सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै हरेक कार्यसम्पादन चुस्त दुरुस्त तथा सहज बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता पनि हो । स्मार्ट सिटी बनाउने एउटा पूर्वाधार स्मार्ट नागरिक हुन् । स्मार्ट कृषि, स्मार्ट स्वास्थ्य, शिक्षा हुँदै इण्टरनेट अफ थिङ्ससमेत परिकल्पना गरेर अगाडि बढ्नु पर्ने समयमा सम्भवरअसम्भव भन्ने कुरामा अलमलिनु हुन्न ।

    तपाईं निर्वाचित हुनुुभएको ३ महीना बितिसकेको छ, तर जनताको अपेक्षाअनुसार काम भएन भन्ने जनगुनासो छ नि ?
    जनताले हामीलाई ५ वर्षको लागि जिम्मेवारी दिएर पठाउनु भएको हो । ढुक्क हुनुहोस्, यो समयावधिमा मलाई भोट दिएकोमा गर्व गर्न सक्ने गरी पोखराको समृद्धिको लागि काम गर्नेछु । तत्काल काम नभएको होइन, तर आन्तरिक सुधारमा बढी समय बितेकोले गर्दा काम अनुभूत नभएको हुनसक्छ । आगामी दिनलाई भरमग्दुर सदुपयोग गर्दै विकास निर्माणलाई तीव्रता दिनेछौं । कामहरू हुँदै नभएका भन्ने होइन । छाडाचौपाया नियन्त्रण गर्नुका साथै वर्षायाम सकिएलगत्तै सडकका खाल्डाखुल्डी पुर्न जनशक्ति तयारी अवस्थामा राखेका छौं ।

    सस्तो लोकप्रियताका लागि पदासीन भएकै दिन वृद्धभत्ता बढाउनु भयो भन्ने आरोप छ नि ?
    हामीले जे बोलेका थियौं, त्यही कुराको शुरुआत मात्रै गरेका हौं । सस्तो लोकप्रियताको लागि भन्दा पनि आवश्यकता महसूस गरेर नै यो घोषणा गरिएको हो । एउटा नागरिकले युवा अवस्थामा समाज र राज्यका लाागि आफ्नो ठाउँबाट महत्त्वपूर्ण योगदान गरिरहेको हुन्छ । जब ऊ उमेरको हिसाबले वृद्धावस्थामा पुग्छ, त्यस अवस्थामा नागरिकको योगदानस्वरुप राज्यले उसलाई केही भए पनि राहत र सम्मान गर्नुपर्छ भन्ने अवधारणाअनुसार नै हामीले यो निर्णण गरेका हौं । हाम्रो उहाँहरूप्रतिको सम्मान हो ।

    त्यसलाई निरन्तरता दिन सक्नुहुन्छ त ?
    निरन्तरता दिनका लागि हामी अगाडि बढिसकेको छ । तसर्थ अब यो निर्णय निर्धक्कसँग कार्यान्वयन हुन्छ । हामीले आफ्नो आन्तरिक स्रोत जुटाएरै भए पनि व्यक्त गरेका प्रतिबद्धता पूरा गरेरै छाड्छौं । यसका लागि गृहकार्य थालिसकेका छौं ।

    महानगरभित्रका पूर्वाधार निर्माणले कहिलेदेखि गति लिन्छ त ?
    हामीले यस वर्ष गुरुयोजना तथा विकास योजनाको डीपीआर तयार गर्ने प्रक्रियालाई पहिलो प्राथमिकतामा राखेका छौं । साथै महानगरभित्रका सबै मूल सडकहरूमा कालोपत्र गर्न नसके पनि २४सै घण्टा सवारी चलाउन मिल्नेगरी स्तरोन्नति गर्नेछौं । यसको लागि प्राविधिकको टोलीसमेत बनाएर काम अगाडि बढाइसकेका छौं ।

    सभार आथर््िाक अभियान

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदेश सरकारसँगको राम्रो समन्वय नभएकाले पोखराभित्र कुनै योजना लागू भएन : प्रमुख आचार्य
    उपल्लो मुस्ताङमा एमसीसीले अखडा जमाएर चीन चुप लागेर बस्ला ?
    पछिल्लो अवस्थामा देउवाको मौनता, धैर्य र तटस्थताको अर्थ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.