• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा पुस २७ देखि राष्ट्रिय औद्योगिक व्यापार मेला

  •      /१५ पुष २०७४, शनिबार १६:०१ ,  प्रकाशीत
  • कास्की । सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला यही पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी समूहको मुख्य प्रायोजनमा सो मेला सम्पन्न हुने पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शुक्रवार पोखरामा आयोजनागरिएको पत्रकार सम्मेलानमा जानकारी दिएका छन्।
    पालिखेले मेलाको लागि लक्ष्मी ग्रुप्रले पाँच वर्ष सम्मको लागी टाईटल स्पोन्सर गरेको बताए। ‘प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी गुप्रले पहिलो पटक मोवाईको मुख्य प्रायोेजन गरेकोछ’ उनले भने। ‘ब्यवसायीक घरनाको साथ र सहयोगले हामीलाई थप सहयोग मिलेको छ।’
    महोत्सवमा २ सय ८० स्टल रहने अध्यक्ष पालिखेले जानकारी दिए । मेलामा डोमभित्र ७८, रेष्टुरेष्ट १२, अटो ४५, मेड इन नेपाल पेभेलियनमा १०, पोखराका उत्पादन,पर्यटन, कृषि तथा हस्तकलामा ४०, फ्लोरिकल्चरमा ८ र बाँकी साधारण स्टल रहने छन् । मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापारिक मेला, हस्तकला कृषि, पुष्प, अटो मेला रहेको छ । यसैगरि मेलामा यसपटक दोस्रो मोवाईल मेला समेत हुने भएको छ । मोवाईल मेलामा विभिन्न कम्पनीका १२ देखी १५ वटा व्राण्डहरुका मोवाईल प्रदर्शनीमा राखिने छ ।
    त्यस्तै गरि सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण रहने छन् ।
    त्यस्तै लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, चमेनागृह, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु मेलामा समावेश गरिएका छन् ।
    मोवाइल तथा इलेक्टोनिक्स सामानहरुको बृहत प्रदर्शनी , पोखरा इञ्जिनियरिङ कलेजका विद्यार्थीहरुले मेलामा प्रदर्शन गर्ने रोबोटिक हन्ड्रेड हाउस (भूत घर) पनि मेलाको थप आकर्षणकारुपमा रहने संघका महासचिव दामु अधिकारीले जानकारी दिए । मेलामा २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
    महत्सवबाट ९० लाख आम्दानी हुने र ६० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ। आम्दानी र खर्चकटाएर करिव ३० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको अध्यक्ष पालिखेले बताए। संघले मेलाबाट वचत रकम सामाजिक कार्य र अत्याधुनिक डोम निर्माणका लागी खर्च गर्ने जनाएको छ। करिव २ करोडको लागतमा डोम निर्माण गर्ने लक्ष्य समेत राखिएको छ । संघको आन्तरीक स्रोत र दाताहरुको सहयोगमा डोम निर्माण गर्ने योजना रहेको अध्यक्ष पालिखेले बताए। मेलामा ८५ प्रतिशत स्टल वुकिङ भईसकेको जानकारी आयोजकले जनाएको छ।
    मेला सम्पन्न गर्न संघका अध्यक्ष विश्वशंकर पलिखेको संयोजकत्वमा मूल समिति र २७ उपसमिति गठन गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.