पोखरा । कांग्रेस महामन्त्री शंशाक कोइरालाले काँग्रेस सफल हुनका लागि बामगठवन्धन फुटाउनुपर्ने बताएका छन्। ‘गठबन्धनलाई फुटाउनु नै काँग्रेसको मुख्य रणनीति हुनेछ’ उनले भने। मेलमिलाप दिवसमा कास्की कांग्रेसद्वारा आयोजित कार्यक्रममा आइतबार कोइरालाले भने, ‘बामगठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाउन साथीहरुले मलाई कुराकानी गर्नुस् भनेका छन्।’
महामन्त्री कोइरालाले पार्टीका साथीहरुको भावना अनुसार नै आफुले दाहाललाई राजधानीमा भेट्ने जानकारी दिए।
कोइरालाले पार्टी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पार्टीको हारको हप्ता दिनभित्रै केन्द्रीय समितिमा समीक्षा हुने बताए । अत्यन्त संवेदनशीलतासाथ समीक्षा गर्नुपर्ने बेला भएको उनको भनाइ थियो । पार्टी पराजित हुनुमा धेरै हदसम्म सभापतिको हात हुने भए पनि जिम्मेवारी सबैको हुने उनले बताए
‘काँग्रेस कसैसँग डराउनु पर्दैन, काँग्रेससँग इतिहास, सिद्वान्त र कार्यकर्ता छन्’उनले भने। ‘त्यसैले काँग्रेस कसैसँग डराउनु पर्दैन।’
उनले गणितीय हिसावले हेर्दा पार्टीले हारे जस्तो देखिए पनि आफुले हार स्वीकार नगरेको बताए। काँग्रेस नै बलियो रहेको भन्दै उनले समानुपातिक तर्फको मत परिणाम आशालाग्दोे भएको जिकिर गरे ।
महामन्त्री कोइरालाले काँग्रेसले व्यहोरेको पराजयको विषयलाई लिएर आरोप प्रत्यारोप गर्न नहुने बताए। पार्टीमा सभापतिको भुमिका महत्वपूर्ण हुने भएकोले सभापतिलाई आरोप लगाइएको भन्दै उनले सभापतिलाई आरोप लगाउनु राम्रो नभएको बताए। उनले सवैले आफ्नो गल्ति स्वीकार गर्दै एकजुट भएर पार्टीलाई सिदृढ बनाउन लाग्नुपर्ने आवश्यकता औल्याए।
जनतामा भिजेकालाई उम्मेदबार बनाउन नसक्दा कमीकमजोरी भएकोभन्दै कोइरालाले त्यसलाई सुधार गर्नु पर्ने बताए।

Related