• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वाम गठबन्धनको अबको भूमिका र जनअपेक्षा

  •      /१६ पुष २०७४, आईतवार ०४:५८ ,  प्रकाशीत
  • प्रेमलकुमार खनाल

    देशव्यापी रूपमा वाम गठबन्धनका उम्मेदवारहरूले दुईतिहाइ संख्यामा विजय हासिल गरेका छन् । नेपालको वाम आन्दोलनमा यो ऐतिहासिक परिघटना हो । ५० वर्षदेखि छुट्टाछुट्टै चुल्हो–चौको बनाएर भिन्न–भिन्न अस्तित्वबाट भूमिका निर्वाह गर्दै आएका वामपन्थीहरू, यसपटकको निर्वाचनमा खासगरी दुई ठूला पार्टी नेकपा ९एमाले० र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन निर्माण गरेर संयुक्त ढङ्गले निर्वाचनमा उम्मेदवार खडा गरेका कारण जनतामा ठूलो उत्साहको सञ्चार गर्यो, र जनताले देशव्यापी रूपमा वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराए ।

    अब निर्वाचन सकिएपछि केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्म निर्माण भएको वाम गठबन्धन निर्वाचन परिचालन कमिटिको कतिपय ठाउँमा औचित्य समाप्त भएझैँ, कार्यकर्ताहरू आ—आफ्ना गतिविधितर्फ केन्द्रित भएको पाइन्छ । केन्द्रीय तहमा पनि वाम गठबन्धनअन्तर्गत गठन भएको पार्टी एकता संयोजन समितिबाट औपचारिक निर्णयहरू बाहिर आइनसक्दा सर्वत्र चासो र सरोकार, बढिरहेको छ ।

    वाम गठबन्धन निर्माण मूलतः निर्वाचनमा साझा ढंगले उम्मेदवार तय गर्ने तथा निर्वाचनपश्चात् सरकार गठन र दुई पार्टीबीच एकीकरण गरी एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने उदेश्यका साथ भएको हो । यतिखेर प्रथम चरणको कार्य सम्पन्न भएको छ र सरकार गठनको दोस्रो चरणको कार्यमा पार्टी एकता संयोजन समिति जुटिरहेको विषय सार्वजनिक भएको छ । सरकार गठनको गृहकार्यसँगै पार्टी एकीकरणको मोडालिटीमा छलफल गरी एकीकरण प्रक्रियालाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने चासो आम रूपमा बढ्दै गएको छ । अब वाम गठबन्धनले नयाँ सरकारमार्फत जनतालाई राहतको कार्यक्रमका साथै विकास निर्माणका कार्यलाई तीव्रता पूर्वक अगाडि बढाउनेछ, भन्ने विश्वास र अपेक्षा बढेर गएको छ ।

    जनताका यी इच्छा–आकांक्षालाई परिपूर्ति गर्न वाम गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी औपचारिक ढंगले एकीकरण नभएसम्म भूमिका निर्वाह गर्नुपर्दछ । यस सन्दर्भमा अब वाम गठबन्धनले निम्नानुसारको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

    पहिलो, सानो छरितो सरकार गठन गर्नु यतिखेर वाम गठबन्धनको पहिलो अभिभारा हो । भद्दा खालको मन्त्रीमण्डल गठन गरेर जनतामा आलोच्य हुनुभन्दा पाँच वर्षे पदावधिभित्र सक्षम, योग्य र विषय विज्ञ व्यक्तिहरूको चयन गरी बीचमा पनि मन्त्रीमण्डल हेरफेर गर्ने गरी सरकार गठन गर्नु सबै हिसाबले उपयुक्त देखिन्छ । यसो गर्दा योग्य र अवसर प्राप्त नगरेका व्यक्तिहरूलाई काम गर्ने अवसर प्राप्त हुन्छ । समग्रमा जनताले वाम गठबन्धनको पक्षमा विश्वास प्रकट गरेको हुँदा सरकारको नेतृत्व पनि वाम गठबन्धनका शीर्ष नेतृत्वबाट पालैपालो गर्दा जनमतको सम्मान हुने देखिन्छ ।

    दोस्रो सरकार गठनसँगै मुलुकको अर्थतन्त्र र विकासको अवस्थाबारे सरकारले श्वेतपत्र जारी गरेर त्यसको प्रकाशमा सरकारले गर्ने तत्कालीन नीति तथा कार्यक्रमहरूको सार्वजनिक गर्नुपर्दछ । यतिखेर जनतालाई राहतको अनुभूति चाहिएको छ । किसानहरू मल, बीउ र सिँचाइको अभावमा छटपटाउन थालेका छन् । सडक बाटोहरू हिल्यामे र धुल्यामे भएर जनताले आवात–जावत गर्न कठिनाइ व्यहोरिरहेका छन् । टोल, बस्तीमा खानेपानीको हाहाकार छ, सर्वत्र महँगी, अभाव, कालोबजारी बढेको छ । यी सबै जनताले भोगेको ज्वलन्त समस्यालाई समाधान गर्ने गरी नयाँ सरकारले राहतमुखी कार्यक्रमको घोषणा गर्नु पर्दछ । साथसाथै चुनावी घोषणापत्रमा उल्लेखित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने गराउने दिशामा सरकार अग्रसर हुनुपर्दछ ।

    कर्मचारीहरूको मनोबल बढाउने गरी नीति कार्यक्रमको सार्वजनिक गरेर, अब कर्मचारी तन्त्रलाई जवाफदेही र नतिजामूलक कार्यशैली अवलम्बन गर्न गराउन जोड दिनुपर्दछ । सरकार सञ्चालनको सन्दर्भमा सुशासनका मूल्यमान्यतालाई स्थापित गर्ने, अनियमितता र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्ने, राजस्व, वृद्धिमा जोड दिने गरी सरकारका कामलाई गति दिनुपर्दछ । सरकारका काममा सहयोग पुर्याउनु र समन्वय गर्न वाम गठबन्धनका शीर्ष नेतृत्वहरू रहेको संयन्त्र निर्माण हुँदा सुव्यवस्थित ढंगले सरकार सञ्चालन गर्ने आधार तयार हुने देखिन्छ ।

    तेस्रो, वाम गठबन्धनको तर्फबाट सरकार गठन सँगै पार्टी एकीकरणको प्रक्रियालाई अगाडि बढाउनुपर्दछ । पार्टी एकीकरण राजनीतिक घोषणा गरेर मात्र पुग्दैन, पार्टी एकीकरण कुन सैद्धान्तिक, वैचारिक, र संगठनात्मक संरचनाका आधारमा गर्ने रु एकीकृत पार्टीको नेतृत्वको व्यस्थापन कसरी गर्ने, भन्ने विषय अहं महत्वको विषय हो । पार्टी एकीकरण कार्यलाई जति ढिला भयो, त्यति नै देशी–विदेशी प्रतिक्रियावादीहरूले चलखेल गर्न सक्ने, उत्तिकै सम्भावना छ । अहिले दुवै पार्टीको केही नेतृत्व र कार्यकर्ता पंक्तिबीच सरकारको नेतृत्व र पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयलाई लिएर चलि रहेको छलफल बहस, आग्रह, पूर्वाग्रहले अब पार्टी एकीकरण हुँदैन कि रु भन्ने आशंकाहरू उत्पन्न गर्न थालेका छन् । पार्टी एकीकरण मुलुकको विकास, समृद्धि हासिल गर्न र समाजवादको आधार निर्माण गर्न तथा एकीकृत कम्युनिस्ट आन्दोलनको निर्माण गर्न अपरिहार्य छ ।

    पार्टी एकीकरणको कार्यबाट नै जनादेशको सम्मान हुनेछ । अतः अनेक किसिमका धारणाहरू सार्वजनिक गरेर यो पक्ष र त्यो पक्षमा नेतृत्व र कार्यकर्ता खडा हुने, गर्नेतर्फ लाग्नुको सट्टा एकीकरण प्रक्रियालाई पार्टी एकता संयोजक समितिले गम्भीरता पूर्वक कार्य आरम्भ गर्नु पर्दछ । पार्टी एकीकरणको सैद्धान्तिक, वैचारिक र संगठनात्मक पक्षमा सहमतिसँगै पार्टी र सरकारको नेतृत्व गर्न, दुवै पार्टीका शीर्ष नेतृत्वको बीच समझदारी हुन आवश्यक छ । सबैको सम्मानजनक सहभागिता हुने गरी पार्टी एकीकरणको घोषणा गर्न अब तत्काल मस्यौदा दस्तावेज बनाई छलफल आरम्भ गरिहाल्नु पर्दछ, र छलफलबाट निस्किएका निष्कर्षका आधारमा घोषणापत्रसहित पार्टी एकीकरणको घोषणा गर्नुपर्दछ ।

    चौथो, पार्टी एकीकरणको प्रक्रियालाई टुंग्याउन समय लाग्ने विषयलाई ध्यानमा राखी जिल्ला र स्थानीय तहसम्म औपचारिक ढंगले पार्टी एकता संयोजक समिति निर्माण गर्नुपर्दछ । जिल्ला र स्थानीय स्तरमा पार्टी एकता संयोजन समितिले पार्टी एकीकरणको महत्व र आवश्यकताबारे भेला प्रशिक्षणको आयोजना गरी कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै जानुपर्दछ । कार्यकर्ताबीच जति बाक्लो भेटघाट, छलफल बहस र अन्तरक्रिया हुन्छ, त्यति नै तल्लो तहसम्म पार्टी एकीकरणको व्यवस्थापन सहज हुन्छ र आधारभूत तहसम्म पार्टी एकता संयोजक समितिबाट नै स्थानीय जनताका पीरमर्का समाधान गर्न र विकास निर्माणका कार्यको सम्पादनमा अग्रसरता लिनुपर्दछ । निर्वाचित जनप्रतिनिधिहरू र स्थानीय तहमा जनप्रतिनिधिहरूसँग समन्वय गरेर जनताका पीरमर्का समाधानमा पहलकदमी लिन सक्दा मात्र आधारभूत तहसम्म वाम गठबन्धनको उपस्थिति र भूमिकालाई स्थापित गर्न सकिन्छ ।
    sourya daily

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिर्खेको छोरो तिलेले देखेको समृद्धि सपनासंगै, लथालिङग देशको प्रशासन
    विश्व स्वास्थ्य संगठन साधन, स्रोत र विज्ञताको अभावमा संक्रमण नियन्त्रणको नेतृत्वसमेत लिन सकेन
    भारतको अयोध्या नक्कली,सक्कली अयोध्या नेपालमै

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.