मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को ४३ औँ दीक्षान्त समारोह आइतबार सकिएको छ। पुल्चोकस्थित नेपाल इन्जिनियरिङ क्याम्पस परिसरमा आयोजित समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी उपाधि प्राप्त गरेका आठ हजार दुई सय ६७ जना विद्यार्थी दिक्षित भएका थिए। ६८ हजार दुई सय ९२ जना विद्यार्थी दीक्षान्त समारोहका लागि योग्य भए पनि आठ हजार मात्र उपस्थित भएका हुन्।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा प्रवाह गर्नु त्रिविको लागि चुनौती रहेको बताए। विश्वविद्यालयबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्नु विश्वविद्यालयका लागि चुनौती भएको देउवाले बताए।
दीक्षान्त समारोहमा प्रमुख अतिथीको रुपमा आएका भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। एम जगदीश कुमारले दीक्षीत भएका विद्यार्थीलाई विश्वका हरेक मुलुकमा गएर आफ्नो क्षमता प्रदर्शन गर्न सक्छु भन्ने आत्मविश्वास निर्माण गर्न सुझाएका थिए।

Related