• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको सराङकोटमा २ जनाको हत्या, अनुसन्धानकोलागि ११ जना पक्राउ

  •    death  /१७ पुष २०७४, सोमबार ०७:१६ ,  प्रकाशीत
  • पोखरा । पर्यटकीय स्थल सराङकोटमा निर्माणधीन एक होटलमा दुई जना युवाहरु मृत अवस्थामा फेलापरेका छन्। निर्माणधीन भवनमै अर्का एक युवा गम्भीर घाइते अवस्थामा फेलापरेका छन्।
    मृतक दुवै जना माउन्टेन रिसोर्ट एण्ड स्पा निर्माणमा खटिएका मजदूर भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानको लागि प्रहरीले ११ जनालाई गिरफ्तार गरी आवस्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
    आइतबार अवेरसम्म मजदुर काममा नआएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । निर्माणाधीन भवनमा काम गर्ने अन्य मजदुरले आफ्ना साथीहरु काममा नआएपछि खोजी गरेका थिए। खोजीको क्रममा उनीहरु बस्दै आएको कोठामा पुगेर हेर्दा २ जनालाई मृत र १ जना घाइते अवस्थामा भेटाएका थिए । उनीहरुको पुरै परिचय भने खुलेको छैन ।
    घाइते मजदुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकीत्सकहरुले बताएका छन्। मृतक र घाइते तीनैजनाको शरीरमा चोटपटक लागेको देखिएको प्रहरीले जानकारी दिएको छ । शरीर भरी चोट देखिएकाले उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर, घटना कसरी भयो र के कारण घट्ना घट्यो भन्ने वारेमा प्रहरीले थप अनुसन्धान गरिएरहेको जनाएको छ।
    प्रहरीले मृतक तथा घाइतेका साथी, काम लगाउने व्यक्ति र स्थानीयसँग सोधपुछ गरी अनुसन्धान अगाडि बढाएको छ।
    ४ जना युवाहरु एउटै कोठामा सुतेको थिए। त्यसमध्ये २ जना मृत र एक जना घाइते अवस्थामा फेलापरेका छन् भने एक जना वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । वेपत्ता मजदुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.