• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा तमु ल्होसार भब्यरुपमा मनाईयो

  •      /१७ पुष २०७४, सोमबार ०७:४४ ,  प्रकाशीत
  • पोखरा, पुस १७ । कस्केली तमुहरुले सामूहिक रुपमा भव्यताका साथ नयाँ बर्ष (खि) तमु ल्होछार÷ल्होसार २०७४ सामुहिक रुपमा मनाएका छन् । शनिबार (पुस १५) गते संस्थागत रुपमा मनाएका उनीहरुले आईतबार सामूहिक रुपमा मनाएका हुन् । पोखराको चिप्लेढुंगामा जम्मा भई ल्होछार÷ल्होसार शुभकामना ¥यालीका साथ महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालको प्राङगणमा सामुहिक खि तमु ल्होछार÷ल्होसार सभामा परिणत भएको थियो ।
    प्रमुख अतिथि प्रदेश नं. ४ का लागि कास्कीबाट निर्वा्चित सांसद मनबहादुर तमुले आफू तमुको पहिचान र अधिकारका लागि सदैव क्रियाशील रहेको बताए । नेकपा एमालेबाट प्रत्यक्ष निर्वा्चित सांसद तमुले राज्यले सुनिश्चित नगरुन्जेल आफू तमुहरुसँग रहने विश्वास समेत दिलाए । ‘जब तमुहरुले समान अधिकारको प्रत्याभुत गर्दैनन् त्यो बेलासम्म राष्ट्रिय गीत नगाउने भएकाले अधिकार लेखाएर छिट्टै तमुले राष्ट्रिय गीत गाउने वातावरण बनाउनेछु’ उनले भने– ‘सबैले साथ दिनुहोस्, म तमु समुदायको अधिकार सुनिश्चित गराईछाड्छु तर तमुहरु विवादित नभई एकतावद्ध भए मात्रै अधिकार प्राप्त गर्न सम्भव हुनेछ ।’ उनले निर्वाचनमा आफु नभई तमु समुदाय विजयी भएको बताउँदै सदैव जिम्मेवार, जवाफदेही र जनताको सुखदुखमा सधै साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
    विशेष अतिथि समानुपातिक प्रदेश सांसद मिना तमुले तमुहरु इमान्दार मात्रै नभई अब बौद्धिक, चलाख र एकता भए मात्रै अधिकार स्थापीत गर्न सक्ने बताईन्
    पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवि तमुले ल्होछार जस्ता चार्डपर्वले मौलिक सँस्कृतिहरुको संरक्षण गर्ने भन्दै साँस्कृतिक धरोहर संरक्षणका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताईन् ।
    यसैबीच, सामुहिक ल्होछार÷ल्होसार कार्यक्रममा आयोजित झाँकी प्रतियोगितामा प्रथम हुने दुधपोखरी तमु समाजले १५ हजार, दोश्रो भएकोे चिउली पार्चे तमु समाजले १० हजार, तेश्रो बाँझापाटन तमु समाजले ५ हजार रुपैया सहित प्रमाणपत्रबाट पुरस्कृत भयो । चिप्लेढुंगाबाट शुभकामना ¥याली शुरु हुनु अघि नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला र कास्की २ (२)बाट निर्वा्चित प्रदेश सांसद विन्दुकुमार थापाले शुभकामना व्यक्त गरेका थिए ।
    यसैगरी सामुहिक ल्होछार÷ल्होसार कार्यक्रममा आयोजित राष्ट्रिय छेलो प्रतियोगितामा पार्दी तमु समाजका निरज तमु प्रथम, सुर्यमुखी तमु समाजका भासु तमु दोश्रो र रत्न श्री जिमका प्रदिप गिरी तेश्रो बन्दै क्रमशः २५ हजार, १० हजार र ५ हजार रुपैया सति प्रमाणपत्र, फेटा र खादाबाट पुरस्कृत भएका थिए ।
    कार्यक्रममा गुरुङ कलाकार संघ, जिफान, विभिन्न समाजका कलाकारसहित चर्चित राष्ट्रिय लोक दोहोरी गायिका शर्मिला गुरुङ, देवबहादुर तमुसहितको लमजुङे ठाडो भाकाको विशेष प्रस्तुतिले समारोह रोमाञ्चक बनेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.