• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अपरिचित युवकले अँगालो हालेपछि करिष्मालाई ठुलै तनाव

  •      /१८ पुष २०७४, मंगलवार १०:५० ,  प्रकाशीत
  • काठमाडौं । सदाबहार अभिनेत्रीको ट्याग पाएकी सुन्दरी अभिनेत्री करिश्मा मानन्धर लाखौ फ्यान तथा सुभचिन्तकहरु छन उनलाई चलचित्र क्षेत्रमा आए देखिनै धेरै फ्यानहरुले पछ्याउने गरेका छन् ।तिनै थरीथरीका आफ्ना फ्यानहरु बारे हिरोइन करिश्माले केहि अनौठा र रमाईला रहस्यहरु खोलेकी छिन ।

    फ्यान पछि लागेर स्कुल जान छाडेँ

    आजभन्दा ३० वर्ष पहिला आफ्नो भावना कसरी दर्शाउने भन्ने कुरा मेरा फ्यानहरूलाई थाहा थिएन । उहाँहरूले मलाई भेट्दा बोलाउने शब्दहरू त्यस्तै खालका हुन्थे । किनभने अहिलेको जस्तो खुला समाज थिएन । जसले गर्दा अहिलेका जोकोहीलाई आफ्नो भावना कसरी प्रस्तुत गर्ने भन्ने कुराको राम्रो ज्ञान छ । तर, म १४ वर्षकी हुँदा स्कुल आउने–जाने वेलामा मेरा फ्यानहरू मेरो पछि–पछि लाग्थे ।
    जुन वेलामा मैले ‘सन्तान’ चलचित्रमा अभिनय गरिसकेकी थिएँ । त्यसवेलामा उनीहरूले पनि आफ्नो भावना मलाई भनेनन् र मैले पनि उनीहरूको भावना बुझिनँ । उनीहरू पछि लागेको देख्दा मलाई निकै पिर पथ्र्यो । अन्ततः मैले स्कुल जानै छाडेँ । पछि उनीहरू मेरो फ्यान रहेछन् भन्ने बुझेँ

    निरन्तर चिठी लेखिरहने प्रकाश दाहाल

    मैले विभिन्न समयमा विभिन्न प्रकारका फ्यानहरू भेटेँ । यही क्रममा म चलचित्रमा देखिन थालेपछि मलाई थुपै्र फ्यानले चिठी लेख्न थाल्नुभयो । त्यसवेला अहिलेको जस्तो सूचनाप्रविधिको विकास नभएकाले फ्यानहरूलाई चिठी लेख्नु एकप्रकारको बाध्यता नै थियो । त्यसवेलामा चिठी लेख्ने केही फ्यानले त अहिले पनि चिठी निरन्तर लेखिरहनुहुन्थ्यो । मलाई अहिले पनि एकजना प्रकाश दाहाल नाम गरेको मानिसले निरन्तर चिठी लेखिरहनुहुन्छ । तर, उहाँले आफ्नो ठेगानाचाहिँ चिठीमा खुलाउनुहुन्न । जसले गर्दा उहाँ कहाँको हो भनेर अहिलेसम्म पत्ता लगाउन सकेकी छैन । उहाँले लेखेका चिठीहरू मसँग सुरक्षित छन् । उहाँले लेखेका चिठीहरू रमाइला हुन्छन् ।

    रगतले लेखेका चिठी पनि आउँथे

    पहिला–पहिला रगतले लेखेका चिठी थुप्रै आउँथे । फ्यानहरूले चिठीमा रगतले लेखेको हुँ भन्नुहुन्थ्यो । साथै, धेरैजसो चिठीमा ‘आई लभ यू’ लेखिएका हुन्थे । मलाई प्रायःजसो युवाले नै चिठी लेख्ने हुँदा यस्ता कुरा लेख्नु स्वाभाविक नै हो । तर, मलाई रगतले लेखेका चिठी थुप्रै आउँथे । मैले चिठीको रिप्लाईचाहिँ कहिल्यै गरिनँ । यसरी फ्यानहरूले पठाएको चिठी ल्याउने हुलाकीलाई मैले पैसा नै दिनुपथ्र्यो ।

    फ्यान खुकुरी बोकेर एक्कासि घरभित्र आएपछि

    एक दिन म घरमा बसिरहेकी थिएँ । एकजना मंगोलियन अनुहार भएको मानिस एक्कासि खुकुरी लिएर घरभित्र आउनुभयो । उहाँ आएको देखेर म आत्तिएँ । उहाँलाई हामीले प्रहरी नै लगाएर पक्रनुपर्यो । वास्तवमा उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ ।उहाँले मलाई भेट्न खोज्नुहुँदो रहेछ । तर, मैले बेवास्ता गरेको जस्तो उहाँलाई पर्दोरहेछ । अनि अति भएपछि खुकुरी लिएर मेरो घरमै आउनुभएको रहेछ । जुन वेला मेरो विवाह भएको थिएन । यो घटनापछि केही समय त सामान्य मानिस देख्दा पनि डराउने भएँ ।

    झपारेर पठाएको फ्यान रोएपछि पछुतो लाग्यो

    एक दिन म दिदीको घरको छतमा लुगा सुकाउँदै थिएँ । त्यहीवेला एकजना मानिस एक्कासि मेरो पछाडि उभिएको देखेँ । त्यो वेला म सामान्य मानिस देखे पनि डराउने भएकी थिएँ । अपरिचित मानिसलाई देखेपछि मेरो सातो गयो । म चिच्याएँ । अनि तपाईं को हो भनेर सोधेँ ।उहाँले म तपाईंको फ्यान हुँ भन्नुभयो । उहाँलाई मैले बेस्सरी झपारेँ । उहाँ एकदमै रुनुभयो । उहाँले मलाई निकै मन पराउनुहुँदो रहेछ । मैले झपारेपछि अब कहिल्यै मन पराउँदिनँ भनेर हिँड्नुभयो । पछिचाहिँ मैले गल्ती गरेजस्तो लाग्यो ।

    छातीमा अटोग्राफ दिन लगाउने अनिल

    ०४७ तिरको कुरा हो । जावलाखेल चिडियाखानामा ‘अरुणिमा’ चलचित्रको सुटिङ भइरहेको थियो । त्यहाँ अनिल गुरुङ नाम गरेको युवक आउनुभयो । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । उहाँले आफ्नो छातीमा अटोग्राफ माग्नुभयो ।मैले अटोग्राफ दिएँ । उहाँ खुसी भएर जानुभयो । अहिले उहाँ मेरो फेसबुकमा साथी हुनुहुन्छ । कुराकानी हुन्छ । एक दिन मैले उहाँलाई एक ठाउँमा एक्कासि भेटेँ । मैले चिनिनँ, तर उहाँले नै त्यो वेला मैले उहाँको छातीमा अटोग्राफ दिएको सम्झाउनुभयो ।

    बुटवलबाट मासु किन्न हिँडेकी युवती काठमाडौं आएपछि

    मेरो धेरैजसो केटी फ्यान हुनुहुन्छ । त्योमध्येको एकजना बुटवलकी १६ वर्षकी बहिनी हुनुुहुन्छ । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । एक दिन घरबाट मासु किन्न भनेर निस्कनुभएको काठमाडौं मेरो घरमा आउनुभयो । चिसो मौसम थियो ।उहाँले हाफ कट्टु र सर्ट लगाउनुभएको थियो । मलाई अचम्म लाग्यो । मैले कपडा लगाउन दिएँ, कुरा गरेँ । तर, जति गरे पनि आफ्नो ठेगाना बताउँदिनन् । उनले त मेरै घरमा काम गरेर बस्छु भन्न थालिन् । पछि आफ्नो अंकलको सम्पर्क नम्बर दिइन् । अनि मैले अंकललाई जिम्मा लगाएकी थिएँ ।

    विनोदजीकै अघि अपरिचित युवकले अँगालो हाले

    आजभन्दा धेरै वर्ष पहिला स्वयम्भूमा ‘कस्तुरी’ चलचित्रको सुटिङ भइरहेको थियो । त्यहाँ एकजना युवक आएर मलाई झ्याम्मै अंकमाल ग¥यो । म आत्तिएँ । त्यहाँ विनोदजी पनि हुनुहुन्थ्यो । त्यो वेलामा हाम्रो विवाह भएको थिएन । त्यो मानिसले मलाई यसरी च्याप्यो कि ऊबाट फुत्कन निकै गाह्रो भयो । पछि मलाई रिस उठ्यो अनि पिट्छु भनेर चिच्याएँ । तर, पिट्नचाहिँ पिटिनँ ।

    मेरो सुन्दरतालाई धज्जी उडाउने पनि छन्

    राम्रो देखिनु, स्वस्थ बन्नु त आफैँमा राम्रो कुरा हो । तर, कतिपयले मेरो सुन्दरतामाथि डाह गरेर धज्जी उडाउने काम गर्नुहुन्छ । कतिपयले ‘छोरीभन्दा आमा तरुनी’ भनेर उडाइरहनुभएको हुन्छ । त्यसो नगरिदिनुहोला भन्ने आग्रह गर्न चाहन्छु । नयाँ पत्रिका

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.