• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको बैठक शुरु

  •      /१८ पुष २०७४, मंगलवार ०७:५७ ,  प्रकाशीत
  • पोखरा । नयाँ शक्ति नेपालको महाधिवेशन आयोजक समितिको तीन दिने बैठक कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा आजबाट शुरु भएको छ । उक्त बैठकको पार्टी संयोजक डा. बाबुराम भट्टराईले उद्घाटन गरेका छन् ।
    विकास र समृद्धिको नारा बोकेर मुलुककै ठूलो पार्टी बन्ने मनोकाँक्षाका साथ चुनावमा होमिएको नयाँ शक्ति पार्टीले चुनावमा पराजित हुनुकाकारणहरु बारे यस बैठकमा समीक्षा हुने बताइएको छ । बैठकले हालै सम्पन्न भएका तीनै चरणको चुनावमा पार्टी पराजयका कारणहरु खोजी गर्ने बताइएको छ।
    त्यसैगरी यस बैठकले नयाँ शक्ति नेपाल पार्टीको प्रथम महाधिवेशनको मिति तय गर्ने र बैठक सकिए लगत्तै केन्द्रीय परिषद् बैठक बस्ने नयाँशक्ति कास्कीका संयोजक हेमबहादुर थापा आमोदले जानकारी दिए । उक्त केन्द्रीय परिषद् बैठकका एजेण्डाहरुलाई यही महाधिवेशन आयोजक समितिको बैठकले तय गर्ने छ।
    बैठक सम्पन्न भएपश्चात् बैठकले गरेका निर्णयहरु बारे जानकारी दिन सो पार्टीले बैठकस्थल ल्वाङमा नै पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ। बैठकमा करीब दुईसय जना महाधिवेशन प्रतिनिधि एवं विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.