पुर्व खेलाडी एवं प्रशिक्षक कृष्ण थापाद्धारा एन्फाको अध्यक्षमा उम्मेदवारीको घोषणा
तपाईको प्रतिक्रिया





पोखरा । पोखराका कृष्ण थापाले अखिल नेपाल फुटवल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन। बुधबार पोखरामा आयोजित पत्रकारहरुमा आफ्नो उमेदवारी घोषणा गर्दै पुर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक थापाले फुटबल खेलको विकास र विस्तार गर्दै फुटबल खेलमा देखिएको विकृती हटाउन आफुले उमेदवारी दिने निर्णय गरेको बताए। उनी एन्फाका पुर्व प्राविधिक निर्देशक , राष्ट्रिय टिमका पुर्व प्रमुख प्रशिक्षक र अन्तराष्ट्रिय खेलाडी समेत हुन्।
थापाले आफु फुटबलको तल्लो स्तरबाट उच्च पदसम्म विभिन्न जिम्मेवार वहन गर्दै अघि बढेर अनुभब बलुलेको बताए। ‘मैले विभिन्न सानो ठूलो जिम्मेवारी सम्हालेर अनुभब बटुलेको छु, भर्खरै सरकारी सेवाबाट निर्वित पनि भएँ, अब, नेतृत्व सम्हालेर फुटबलको विकासको लागि उल्लेखनिय काम गर्छु’ उनले भने । ‘पुर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरु र केहि क्लवहरुको समेत मलाई साथछ।’ आफ्नो पक्षमा राकेश श्रेष्ठ, हरी खड्का, वालगोपाल महर्जन लगायतको साथ रहेको बताए । ७ प्रदेशमा फुटबल एकेडेमी आवश्यक भएको उनले बताए ।
फुटबलमा धेरै लामो समय देखि सुधार हुन नसकेको उल्लख गर्दै उनले एन्फाका पुर्व अध्यक्ष गणेश थापाले पर्दा पछाडीबाट नकरात्मक ढंगले फुटबल खेलको स्तर खस्काएको दाबी गरे । ‘नेपाली फुटबलको विकास हुन नसक्नु म्याच फिक्सिङ, बढी उमेरका खेलाडीहरु समावेस गर्ने र खेलकुदको विकासको लागि पुर्वाधार तथा प्रशिक्षणमा ध्यान नदिनु मुख्य कारण हुन’ उनले भने।
एन्फामा धेरै दुरुपयोग भएको उल्लेख गर्दै थापाले एन्फाका उपाध्यक्ष मणि कुंवरले एन्फाले दिएको ८० लाखको गाडी चढ्ने गरेको आरोप लगाए ।
जिल्लाहरुमा निर्वाचन हुदै गरेकोले आफुहरु अब जिल्ला प्रचारमा हिड्ने तर निर्वाचनको लागि भने अधिकतम १० लाख सम्म हिड डुलमा मात्र खर्च गर्ने उनले जनाए । अखिल नेपाल फुटवल संघ (एन्फा) को आगामी चैत १४ गते हुने १६ औं केन्द्रिय महाधिवेसनको लागि ७७ जना मतदाता हुने छन्।
निर्वाचन जित्नको लागि उमेदवारले कम्तिमा ३९ मत आफ्नो पक्षमा पार्नु पर्छ ।
Related