• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘चोर’ भनेकै भरमा हत्या : दुई जनाको हत्या गरी भागेका युवक यसरी परे ट्र्यापमा

  •      /२० पुष २०७४, बिहीबार १३:५९ ,  प्रकाशीत
  • पोखरा : कास्कीको सराङकोटमा निर्माणधीन एक होटलमा दुई युवाको हत्यामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले हत्याको अभियोगमा धनकुटाबाट २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुलाई पक्राउ गरेको हो।

    गत आइतबार ‘माउन्टेन रिसोर्ट एण्ड स्पा’ निर्माणमा खटिएका मजदुर १५ वर्षीय निमाछिरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा हत्या भएको थियो। मारिएका दुवै भोजपुरको षडानन्द नगरपालिकाका हुन्।

    प्रहरीका अनुसार लिम्बु दुवै जनाको हत्या गरी उनीहरुको मोबाइल लिएर फरार भएका थिए। प्रहरीले मोबाइलको आइएमइआइ नम्बरको आधारमा ट्रेस गर्दा लिम्बु हटौडा पुगेको देखियो। त्यहाँ पुगेर उनले  नयाँ नम्बर लिए। हेटौडाबाट उनी सिधै धनकुटा लागे। धनकुटा छतर जोरपाटी पुगेपछि उनले पटकपटक श्रीमतीलाई फोन गरे। श्रीमतीसँगको सम्पर्क र मोबाइल ट्र्याकको आधारमा नै प्रहरी सागर सम्म पुग्न सफल भयो।

    ‘चोरीको आरोप खेप्न नसकेर हत्या’

    हत्या आरोपमा पक्राउ परेका सागरले चोरीको आरोप खेप्न नसकेर दुई जनाको हत्या गरेको बताएका छन्। पुस ११ गते शेर्पा र आङदावाको मोबाइल चोरेका थिए। सागरको चोरी भने छिप्न सकेन। सँगै काम गर्ने सबै साथीबीच उनको चोरीको पर्दा खुल्यो। उनले चोरी गरेको दुवै मोबाइल फिर्ता गरे। मोबाइल फिर्ता गरे पनि उनमा चोरको ट्याग भने झुन्डियो। शेर्पा र घाइते आङदावाले उनलाई ‘चोर चोर’ भन्दै गाली गरिरहे। सागरलाई उनीहरुको शब्द पेचिलो बन्दै गयो। त्यसपछि उनले उनीहरुको हत्या गर्ने योजना बनाएको प्रहरीको दावी छ।

    पहिलोपोस्ट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.