पोखरा । पोखरामा रहेको यातायात ब्यवस्था कार्यलय गण्डकीबाट २९ जना बिचौलियाहरु पक्राउ परेका छन्। यातायात ब्यवस्था कार्यलय गण्डकी अन्र्तरगत रहेको पृथ्बिचोक स्थितरहेको दर्ता तथा नविकरण कार्यलय र ड्याम साइडस्थित रहेको लाइसेन्स वितरण शाखा परिसरबाट बेचौलियाहरु पक्राउ परेका हुन्।
दुवै यातायात कार्यलयको परिसरमा बसेर सेवाग्राही संग सेवाको नाममा मनलाग्दो रकम असुलेको र शंकास्पद गतिविधी गरेको आरोपमा प्रहरीले पृथ्बिचोकको कार्यलयबाट १९ जना र बैदामस्थित रहेको कार्यलय परिसरबाट १० गरी २९ जनालाई पक्राउ गरेको हो।
यातायात कार्यलयमा कामका लागि आउने सर्वसाधारण सेवाग्राहीहरुलाई विभिन्न प्रलोभन देखाएर रकम असुल्ने गरेको गुनासो आएपछि प्रहरीले बिचौलियाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमूख अशोक सिंहले बताए। ‘सेवाको नाउँमा सेवाग्रीहीलाई अलमलमा पारेर आर्थिक फाइदा लिएको जनगुनासो आएपछि हामीले १० दिन देखि निगरानी गर्दै आएका थियौं,’ एसपी सिंहले भने, ‘ आइतबार हामीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक अपराध गन्तरगत मुद्धा अगाडि बढाएका छौं।।’
पक्राउ परेकाहरुलाई आबश्यक अनुसन्धानका लागि सार्वजनिक अपराध तथा सजाय ऐन बमोजिम जिल्ला प्रशासन कार्यलय कास्कीबाट म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यलयमा राखिएको छ।

Related