कास्की । पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको सोमबार कास्की क्षेत्र नम्वर दुई बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीले उद्घाटन गरेका छन्। स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको एक करोड ६० लाख ८९ हजार ८५६ को लागतमा उक्त पक्की पुल निर्माण गरिएको हो ।
पोखरा लेखनाथ महानगरपालिकाको वडा नंम्वर ७ र १५ लाई जोड्ने चोर साँघुमा सेती नदीमाथि सो पुल निर्माण गरिएको हो। २९ दशमलव ९ मिटर लम्बाइ र सात मिटर चौडाइ रहेको उक्त पुल निर्माणमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ७० प्रतिशत र जिल्ला समन्वय समिति कास्कीको ३० प्रतिशत खर्च भएको छ । पुल निर्माणपछि महानगरपालिकाको वडा नं ७, ९, १४, १५ र १७ का स्थानीयलाई आवागमनमा सुविधा पुगेको छ ।
लामो समयदेखि यस स्थानमा आवतजावत गर्नको लागि पक्की पुल निर्माण नहुदा पोखरा मुख्यभाग भएरपनि ओझेलमा पर्दै आएको थियो। सेती नदिमाथि अस्थाईरुपमा जोखिम मोलेर आपतजावत गर्दा नदिमा खसेर केहीको मृत्यु समेत भएको थियो।
नवनिर्मित पुलको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै तिनिधिसभाका सदस्य रविन्द्र अधिकारीले निर्वाचनमा जनताले पाँच बर्ष निधक्ककासाथ सरकार चलाएर मुलुकको विकास र समृद्धीलाई अगाडि बढाउन बामगठबन्धनलाई जनादेश दिएको बताए। ‘पाँच बर्षकोलागि जनताले गठबन्धनलाई मुलुकको विकास र समृद्धीकोलागि जनादेश दिएका छन्’उनले भने। ‘हामीले गर्ने राम्रो, नराम्रो कामकै आधारमा आगामी निर्वाचनमा जनताले मत दिने छन्।’
सांसद अधिकारीले जनताको आवस्यकता र विकास प्रतिको चाहनालाई ध्यानमा राखेर जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताए।
प्रदेशसभा सदस्य कृष्ण थापाले राजनीतिक क्रान्ति सकिएकाले अब विकास र आर्थिक समृद्धि गर्ने क्रान्तिको युग सुरु भएको बताउँदै यसका लागि नेपाली जनताको विकास र समृद्धी प्रतिको चाहनालाई मध्यनजर गर्दै जनप्रतिनिधि अगाडि बढ्नु पर्ने बताए।
कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षेत्री ,पूर्व सांसद शारदा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठ, वडाध्यक्षहरु प्रकाश पौडेल, रामचन्द्र बराल, जिल्ला इन्जिनियर नारायण बराल लगायतले आ–आफ्ना भनाईहरु राखेका थिए।

Related