• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मेयर मान बहादुर जिसीको नेतृत्वमा पोखराका पर्यटन व्यवसायी चीन प्रस्थान

  •      /२४ पुष २०७४, सोमबार १४:१६ ,  प्रकाशीत
  • पोखरा । छिमेकी मुलुक चिनको निम्तोमा पोखराका पर्यटन व्यवसायीहरु चीन प्रस्थान गरेका छन । चीनको नानिंग शहरको निम्तो मान्न पोखराका पर्यटन व्यवसायीहरु पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीको नेतृत्वमा पोखराका पर्यटन व्यवसायीहरु चीन प्रस्थान गरेका हुन ।

    पोखराको पर्यटनलाई प्रवद्र्धन गराउनुका साथै सन २०१८ मा चीनको नानिंग शहरको पर्यटकलाई पोखरामा भित्रयाउने उद्देश्य सहित मेयर जिसीको नेतृत्वमा १८ सदसयीय टोली सोमबार अपराह्न्न चीन प्रस्थान गरेको हो । १० दिन सम्म हुने भ्रमणले पोखराको पर्यटनमा ठूलो टेवा पुग्ने नेपाल पर्यटन वोर्ड पोखराका प्रशासकीय अधिकृत सूर्य थपलियाले वताए । थपलियाले चीन नेपालको छिमेकी मुलुक संगै पर्यटकीय शहर पोखरा संग जोडिएको नाका समेत भएकाले चीनको पर्यटकलाई ठूलो संख्यामा पोखरा भित्रयाउनका लागी यो भ्रमण फलदायी हुने समेत वताए ।

    त्यस्तै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले पर्यटकीय शहर पोखरा र चीनको नानिंग शहर बीच एक आपसमा सम्बन्ध कायम गराउनका लागी यो भ्रमणले ठूलो भुमिका खेल्ने वताए । पर्यटन व्यवसायी नरेश भट्टराइले चीनका पर्यटकहरु भित्रयाउनका लागी यो भ्रमण निकै फलदायी हुने विश्वास सहित पोखराका पर्यटन व्यवसायीहरु चीन प्रस्थान गरेको र १० दिने भ्रमणमा आफुहरुले नानिंग शहर संगै अन्य शहरको समेत भ्रमण गरी पोखरा भ्रमणका लागी निम्तो समेत दिने वताए । त्यस्तै अर्का पर्यटन व्यवसायी तथा रेष्टुरेण्ट तथा बार एशोसियसन रेवान पोखराका पूर्व अध्यक्ष गोपी भट्टराइले पोखरामा चिनिया पर्यटकलाई निम्तो दिनकै लागी भ्रमणले मुख्य भुमिका खेल्ने वताए ।

    भ्रमण टोलीमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी, नेपाल पर्यटन वोर्ड पोखराका प्रशासकीय अधिकृत सूर्य थपलिया, रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ, पर्यटन व्यवसायीहरु नरेश भट्टराइ, गोपी भट्टराइ, चिरन्जीवि पोख्रेले, रामु गौतम, भिमसेन भुजेल, बसन्त गौतम, बिष्णु बहादुर भट्टराइ, वलराम पहारी, होम बहादुर गुरुङ, कुल बहादुर आचार्य, शालिकराम पौडेल, सुजीत थापा, सुमन भट्टराइ र सञ्चारकर्मीहरु एमबी आस्था र सुमन शर्मा सहभागी रहेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.