• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका सवै हार्डवेयर पसल बन्द गर्ने, कम्पनीद्धारा गरिएको मुल्य बृद्धी फिर्तालिन आग्रह

  •      /२५ पुष २०७४, मंगलवार १४:४६ ,  प्रकाशीत
  • कास्की ।भौतिक निर्माण तथा पूर्वाधार बिकासले तिव्रता पाउन थाालेपछि छड र सिमेन्ट कम्पनीहरुले आफुखुशी मुल्यबृद्धी गरेको भन्दै पोखराका हार्डवयर ब्यवसायीहरुले बुधवार आफ्ना सवै ब्यवसाय बन्द गर्ने भएका छन्।
    हिउँदको मौसम र निर्माणको अनुकुल सिजनको सुरुवात भएसंगै पूर्वाधार निर्माणको कामले तिव्रता पाउन थालेपछि सिमेन्ट र छड कम्पनीहरुले आफुखुशी मुल्य वृद्धि गरेको भन्दै हार्डवयेर व्यवसायीहरु आन्दोलीत भएका हुन्।
    पोखरा हार्डवयेर एशोसियसनले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापन पत्र वुझाउँदै विरोध स्वरुप बुधवारकोलागि एक दिन पोखराका सम्पूर्ण हार्डवयेर ब्यवसाय बन्द गर्ने निर्णय गरेको एशोसिएसनका अध्यक्ष राजेश कुमार गुप्ताले बताए। ‘निर्माण सामाग्री सिमेन्ट, छड लगायतको माग अधिक हुने मौका छोपेर उद्योगीले बद्नियतपूर्ण तरिकाले मूल्यवृद्धि गरेका छन्’उनले भने। ‘यसमा हाम्रो आपत्ती छ, आफुखुशी उद्योगले मुल्य बृद्धी गरेका सामाग्रीहरुको विक्रि वन्द गछौ।’
    अध्यक्ष गुप्ताले उद्योगीहरुले अनावस्यकरुपमा किर्तीम अभाव सृजना गरी मुल्य वृद्धी गर्दापनि सरकारी संयन्त्रहरुले मौनता साँधेर बसेको भन्दै गैरकानुनी कार्य गर्ने उद्योगीलाई कार्रवाहीको दायरामा ल्याउन सरकार संग माग गरे। ‘एकाएम उद्योगीहरुले मनलाग्दो गरी मुल्य वृद्धि गरेपछि कास्कीमा रहेका दुई सय २० हाडवेयर व्यवसायी आन्दोलित भएका छौं’उनले भने । ‘अस्वभाकि मूल्यबृद्धीले आफ्ना व्यवसाय वन्द गर्ने अवस्थामा पुगेका छौं’
    ब्यवसायीहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापन पत्र बुझाएपछि आयोजित भेलाले वुधवार एक दिन पोखराका सवै हार्डवयर व्यवसायहरु सांकेतिक रुपमा वन्द गर्ने र मुल्य वृद्धि फिर्ता नलिए त्यस्ता समाग्रीहरुको विक्रि वितरण नै बन्द गर्ने निर्णय गरेकोछ ।
    व्यवसायी माथीनै उद्योगहरुले थेग्ने नसक्नेगरी सामानको मुल्य वढाएको कारण ब्यवसायी बाध्य भएर ब्यवसाय नै बन्द गर्नुपरेको एशोसियसनका महासचिव पृथ्वीराज तिमिल्सेनाले वताए । ‘कम्मनीको रवैया देख्दा हामी वाक्क भएका छौं’ उनलेभने।‘उद्योगको मनमर्जीले हाम्रो ब्यवसाय नै चौपट भयो।’
    करिब दुई हप्ता अघिबाट सिमेन्ट र छड कम्पनीहरुले आधार र कारण बिनानै पीपीसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपैयाँ, ओपीसी सिमेन्टमा एक सय २० रुपैयाँ र फलामे छडमा प्रति किलोग्राम १३ रुपैयाँ मूल्यवृद्धि गर्दा आफुहरु व्यवसाय वन्द गर्नु पर्ने अवस्थामा पुगेको तिमिल्सीनाले बताए।
    उत्पादक कम्पनीहरु सँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभए पछि बिना कारण गरिएको मूल्यवृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हाडवेयर व्यवसायीमा परेपछि आफुखुशी मुल्य बृद्धीगरिएका उत्पादनहरुको बिक्रि वितरण नगर्न सम्पूर्ण ब्यवसायीलाई भेलाले अनुरोध समेत गरेको छ
    मुलुकमा लोडसेडिङको समस्या नभएको, डलरको भाउ स्थिर रहेको, क्लिंकरको भाउ समेत नबढेको र स्वदेशमै प्रशस्त मात्रामा क्लिंकर मौज्दात रहेको अवस्थामा कम्पनीहरुद्धारा एकाएक विनाकारण गरेको मुल्य बृद्धीलाई हेरेर नबस्न ब्यवसायीको भेलाले सरकारलाई आग्रह समेत गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.