ट्याक्सीको मिटर नचलाएको आरोपमा चालक समातेपछि ब्यवसायी आन्दोलित
/२६ पुष २०७४, बुधबार ०५:०८ , प्रकाशीत
पोखरा । ट्याक्सीका चालकहरुले पोखरामा मुख्यबजारका चोकहरुमा आफ्ना सवारीका साधन तेर्साएर सवारी आगमन ठप्पपारेका छन्। मिटरमा चल्ने भनी प्रशासनबाट स्कृती लिएपनि लामो समयदेखी मिटर नचलाई आफुखुशी यात्रुहरुसंग मनलाग्दो भाडा लिदै आएका थिए।
प्रशासनले ब्यवसायीहरुलाई पटकपटक मिटरमा यात्रु बोक्न आग्रह गर्दा समेत उनीहरुले नमानेपछि मंगलवार मिटरमा नचल्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरी चालकलाई पक्राउगरेपछि ब्यवसायीहरु बुधबार विहानैदेखि आन्दोलनमा उत्रिएका हुन् । मंगलबार पोखराका विभिन्न ठाउँबाट सिविल पुलिसले १८ जनालाई समातेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
मुलुक संक्रमणकालीन अवस्थामा रहेको मौकाछोपेर ब्यवसायीहरुले आफुखुशी मनलाग्दो भाडालिने र ट्याक्सी मिटरमा चलाउन अटेरी गर्दै आएका थिए। चालकले मिटर नचलाएर मनपरी भाडा असुल्ने गरेको सर्वसाधारणको ब्यापक गुनासो बढ्नथालेपछि सादा पोषाकमा प्रहरी खटिएर छड्के जाँच गरेको थियो ।
पहिलेकै नियम कार्यान्वयनका लागि सादा पोसाकका प्रहरी खटाएर कारवाही प्रक्रियामा गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ब्यवसायीको आन्दोलनले पोखराको मुख्य चोक पृथ्वीचोकमा गाडीहरु लामो जाममा परेका छन् । उनीहरु नाराबाजी सहित सडकमा प्रदर्शन गरिरहेका छन् ।

Related