पोखरामा महोत्सवको होडबाजी एउटै मितिमा दुई महोत्सव सुरु , दुवै मोहत्सव माघ ८ मा सकिने
तपाईको प्रतिक्रिया





कास्की । पोखरा उद्योग बाणिज्यसंघ र युनाईटेड क्लको आयोजनामा पोखरामा एउटै मितिमा दुई वटा मेला र महोत्सवको उद्धघाट्न गरिएको छ। दुई महोत्सव जम्मा डेढकिलो मिटरको दुरीमा आयोजना गरिको छ। उद्योग वाणिज्य संघ र युनाइटेड क्लवले आयोजना गरेको मोहत्सव पुस २७ गते देखि माघ ८ गतेसम्म सञ्चालन हुने छन्। मेला बिहिवार उद्धघाट्न गरिएको छ।
वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोवाइल मेलाको आयोजनागरिएको छ भने युनाइटेड क्लबको आयोजनामा अमरसिंह चौरमा आठौँ पोखरा महोत्सवको आयोजना गरिएको छ।
पोखरा उद्योग बाणिज्य संघले आयोजना गरेको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोवाइल मेलाको न्याय तथा संसदिय ब्यवस्था मन्त्री यज्ञ बहादुर थापाले उद्धघाट्न गरेका छन। त्यसैगरी पोखरा मोहोत्सवको पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधि सभासदस्य खगराज अधिकारीले उद्धघाटन गरेका हुन्।
सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोवाइल मेलाको उद्धघाटन गर्दै मन्त्री थापाले मुलुकको बिकास र समृद्धी कुनै एउटामात्र दलले गर्न नसक्ने बताउदैसवै पक्षको साथ र सहयोगले मात्र पूँजी निर्माण गर्दै समृद्धिको थालनी गर्नुपर्ने बताए। ‘सवै दलहरुले हातेमालो गर्दै अगाडी बढ्न सकेमात्र मुलुकको बिकास र समद्धी सम्भबछ’उनले भने। ‘स्वार्थ अनुकुल अगाडि बढ्ने हो भने यो सम्भव छैन।’
प्रदेश सभा सदस्य विन्दुकुमार थापाले विकास, सम्वृद्धि र सुशासनको लागि सत्ता र प्रतिपक्ष एकैठाउँमा उभिनु पर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले राजनीतिक दलहरुले अब सम्वृद्धिको साझा एजेण्डा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘बिकास र समृद्धीको साझा एजेण्डा लिएर आगाडि बढौ मुलुकाको छिट्टै कायापलट हुनेर्छे’ उनले भने।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले राजनीतिक दलहरुलाई सम्वृद्धिको लागि एजेण्डासहित काम गर्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले विकासका हरेक अभियानमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारसँग हातेमालो र सहकार्य गर्न तयार रहेको भनाई राखेका थिए । पालिखेले उद्योग वाणिज्य संघको अगुवाईमा पोखराका विभिन्न क्षेत्रमा सोलार लाइट जडान तथा डिभाइडर निर्माण ,पोखरा आउने खानेपानीको मुहानमा शवदहन गृह निर्माणलगायतका कामहरुबारे चर्चा गर्दै उहाँले सम्वृद्ध पोखरा निर्माणमा एक हुन पोखरेलीहरुलाई आग्रह गरे ।
मेलामा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण रहेने छ।
साथै मेलाको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता,रत्यौली प्रतियोगिता प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत समावेश गरिएका छन् ।
मेलाका २ सय ८० वटा स्टलहरु छन् । लगानीको सम्वर्द्धन उद्योग व्यवसायको प्रवर्द्धन भन्ने नाराका साथ हुने महोत्सवमा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ र्पुयाउने आयोजकको अपेक्षा छ ।
Related