ट्याक्सीको ठगीलाई समर्थन गर्दै यातायात ब्यवायीद्धारा सवारी बन्दगर्दा यात्रुलाई सास्ती
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा ।पोखरामा चल्ने ट्याक्सीहरुले मिटर नचलाई आफुखुशी मललाग्दो भाडा उठाएर यात्रुहरुलाई ठगी गरेको आरोपमा प्रहरीले सोमवार केही ट्याक्सीहरुलाई नियन्त्रणमा लिएपछि चर्किएको आन्दोलनका कारण गण्डकी अञ्चलको सार्वजनिक यातायात ठप्प भएको छ।
यात्रुहरु संग आफुखुशी भाडा असुल्दै आएका केही ट््याक्सीलाई प्रहरीले ठगी गरेको भन्दै नियन्त्रणमा लिएपछि उनीहरुको ठगीलाई समर्थन गर्दै पोखरामा रहेका सार्वजनिक यातायतसंग आबद्ध अन्य यातायात व्यवसायीले गाडी नचलाउदा यात्रुलाई सास्ती खेप्नु परेको छ।
बढी भाडा असुलेको र मिटरमा नचलाएका ट्याक्सीका चालकलाई कास्की प्रहरीले पक्राउ गरेको बिरोधमा यातायात व्यवसायी आन्दोलनमा उत्रदा यात्रुले सास्ती खेप्नु परेको हो ।
मंगलवार पोखराका विभिन्न स्थानबाट सादा पोषाकमा खटिएका प्रहरीले यात्रु ठग्ने ट्याक्सी चालकलाई पक्राउ गरी कारवाही अघि बढाएपछि त्यसका बिरुद्ध ट्याक्सी व्यवसायीलाई समर्थन गर्दै विहिवार गण्डकी अञ्चलभर सार्वजनिक सवारी ठप्प पारिएको हो ।
प्रहरीले केही टयाक्सी नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा कारबाहीका लागि पठाएपछि कुनै पनि हालतमा मिटरमा नचलाउने भन्दै समिति आन्दोलनमा उत्रिएको छ । यसैक्रममा समितिले बुधबार ५ घण्टा पोखरामा यातायात ठप्प पारेको थियो ।
मुलुकमा लोमोसमय सम्म कायम रहेको संक्रमणकालीन अवस्थाको फाइदा उठाउदै बिगत पन्ध्र बर्षदेखि यातायात ब्यवसायीहरुले राज्यका नीति नियम र कानुनलाई चुनौति दिदैं आफुखुशी भाडा अशुल्दै आएका छन्।
टयाक्सीले मनपरी भाडा लिएका कारण यात्रु मर्कामा परेको गुनासो आएपछि प्रहरीले मंगलबार १८ टयाक्सी नियन्त्रणमा लिएको थियो । त्यसको विरोधमा आन्दोलित टयाक्सी व्यवसायीले बुधवार ५ घण्टा पोखराका मुख्यबजार चोकहरुमा ट्याक्सी तेर्साएर सडक अबरुद्ध पारेका थिए। जसका कारण एम्बुलेन्सलगायत लामो र छोटो दूरीका सवारी साधन तथा शैक्षिक संस्थाका बसहरूसमेत अवरुद्ध भएका थिए ।
‘तोकिएभन्दा बढी भाडा लिएर उपभोक्ता ठगिएको गुनासो आएपछि मंगलबार केही टयाक्सी नियन्त्रणमा लिइएको हौ,’ कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले भने, ‘नियन्त्रणमा लिएका ट्याक्सीलाई बुधवार नै यातायत ब्यवसस्था कार्यलय पठाएर जरिवाना तिराएर छाडिएको छ।’
प्रहरी प्रमुख सिंहले ट्याक्सी चालकहरुले मिटरमा टयाक्सी चलाउन चाहेको बताएपनी समितिले त्यसमा अबरोध गरेको बताए।
बुधवार लामो समय यातायात अवरुद्ध भएपछि एसपी सिंहले अवरोध गर्ने टयाक्सी हटाउन डोजरको प्रयोग गर्ने बताएपछि चालकले टयाक्सी हटाएका थिए । टयाक्सी हटाउन दुई डोजर र ठूलो मात्रामा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।
व्यवसायीको सिन्डिकेटको मार खेप्नुपरेको भन्दै उपभोक्ता आक्रोशित भएका छन्। प्रहरी प्रशासनले चालेको कदम अत्यन्त सकरात्मक रहेको भन्दै उनीहरूले कुनै पनि बहाना र दबाबमा पछि हट्न नहुने बताएका छन् । ‘राज्यको तर्फबाट कानुनको पालना गराउनु खोज्नु स्वाभाविक हो,यसलाई निष्कर्षमा पु¥याउनुपर्छ,’उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले भने, ‘टयाक्सी व्यवसायीको माग अनुचित र उपभोक्ता हितविपरीत रहेको छ ।’ उनले कुनै पनि बहानामा उपभोक्तालाई ठग्न नपाइने भन्दै राज्यले तोकेको मापदण्ड, नियम र कानुनको परिधिभित्र बस्नुपर्ने बताए ।
व्यवसायीले भने मूल्य वृद्विदरअनुसार भाडा दर निर्धारण नभएकाले मिटरमा चलाउन नसकिएको बताएका छन्। ‘बैज्ञानिक भाडा समायोजन नभएसम्म मिटरमा चलाउन सकिदैन,’ टयाक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले भने, ‘पोखरामा मिटरमा टयाक्सी चलाउने अबस्था नै छैन, प्यासेन्जर लिएर जाँदा मिटरमा जाने फर्कदा रित्तै फर्कनुपर्ने अवस्थाछ ।’
यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको आवहनमा प्रहरीका बिरुद्ध सार्वजनिक सवारी सञ्चालन बन्द गरेपछि विहिवार गन्तब्यमा पुग्नुपर्ने यात्रुले सास्ती खेप्नुपरेको छ। ब्यवसायीद्धारा अकस्मात बन्दगरिएका कारण यात्रुहरु बिचिल्लीमा परेकाछन्। गाडी पाउने आशमा बिहानै देखि सडकपेटीमा यात्रुहरु अलपत्र परेकाछन्। व्यवसायीले सार्वजनिक सवारी बन्द गरेकाले सडकमा नीजि सवारी साधन मात्र चलेका छन् ।
Related