शुभेच्छा न्यूज पोखरा । मिटरमा ट्याक्सी नचलाई आफुखुशी मनलाग्दो भाडा असुलेर कारवाईमा परेपछि आन्दोलित भएका पोखराका ट्याक्सीहरु मिटरमै यात्रीलाई सेवा दिन सहमत भएका छन्। जिल्ला प्रशासन कास्कीमा शुक्रबार भएको छलफलमा व्यवसायीहरु मिटर प्रणालीमा जान सहमत भएका हुन् ।
मुलुक संक्रमणकालिन अवस्थामा रहेको अवस्थामा करिब १५ बर्षदेखि बिनामिटर मोलमोलाईका भरमै पौसा कुम्ल्याउदै आएका ब्यवासयीहरु प्रहरीको कारवाहीमा परेपछि मिटरमै प्यासेन्जर बोक्न बाध्य भएका हुन्।
पोखरामा सञ्चालित २ हजार २ सय ट्याक्सीहरुले मोममोलाईकै भरमा मनलाग्दो भाडा लिने गरेका थिए । अब भने सुरुमा १४ रुपैयाँबाट मिटरमा भाडा उठ्दै जाने छ। भाडादर प्रतिकिलोमिटर ५० रुपैयाँ मात्र पर्नेछ ।
गत सोमवार मिटरमा नचलाएर मनपरि भाडा असुलेको बताउँदै प्रहरीले १६ जना ट्याक्सी चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।बिहिवार ट्याक्सी ब्यवसायीको समथर््ानमा गण्डकी र धौलागिरिमा आप्mना सेवा सञ्चालन गर्दै आएका ब्यवसायी समितिले भाडाका सवै सवारी ठप्प पारेको थिए। शुक्रवार अन्य ब्यवसायीले सेवा सुचारु गरेपछि ट्याक्सी ब्यवसायीले सवारी चलाएका थिएन।
दुई दिन सम्म आफ्ना सवारी साधन नचलाई प्रशासन संग बार्तागर्दा पनि प्रशासन टसमस नभएपछि ब्यवसायीहरु बाध्य भएर मिटर प्रणालीमा जान सहमत भएका हुन् । प्रशासनले विस्तारै भाडा समायोजन गर्दै जाने आश्वासन व्यवसायीलाई दिएको छ ।
शुभेच्छा न्यूज
पोखरा । मिटरमा ट्याक्सी नचलाई आफुखुशी मनलाग्दो भाडा असुलेर कारवाईमा परेपछि आन्दोलित भएका पोखराका ट्याक्सीहरु मिटरमै यात्रीलाई सेवा दिन सहमत भएका छन्। जिल्ला प्रशासन कास्कीमा शुक्रबार भएको छलफलमा व्यवसायीहरु मिटर प्रणालीमा जान सहमत भएका हुन् ।

Related