• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विकास र समृद्धिको खाका कोर्दैछौं, ‘प्रचण्ड’

  •      /२९ पुष २०७४, शनिबार ०५:३६ ,  प्रकाशीत
  • बेनी, २८ पुस । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाम गठबन्धनले नयाँ सरकारको आर्थिक विकास र समृद्धिसम्बन्धि खाकाको गृहकार्य गरिरहेको बताएका छन्।
    म्याग्दीको बेनीमा आयोजित औद्योगिक महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्ने ‘हामीले राजनीतिक स्थिरता र विकासको प्रतिवद्धता व्यक्त गरेका छौं । चुनावी अभियानका क्रममा जनताले विकास र समृद्धिको आकांक्षा बोकेर नै बाम गठबन्धनलाई मतदान गरेका हुन् । हाम्रो एक मात्र ध्यान विकास र समृद्धिमा छ, नयाँ बन्ने सरकारको विकास र समृद्धिको खाका कस्तो हुन्छ ? यसबारे हामीले गृहकार्य गरिरहेका छौं, छिटै हामीले ठोस योजना अघि सार्छाैं र कार्यान्वयन गर्छाैं ।’
    ‘नेपाल प्रचुर साधन स्रोत र सम्भावना भएको मुलूक हो । हाम्रा जडीबुटी, जलस्रोत, खनिज, जङ्गल लगायतका प्राकृतिक साधन स्रोतको अधिकतम् प्रयोग गरेर नै हामी विकसित देशमा फड्को मार्न सक्छौं’, अध्यक्ष प्रचण्डले भन्ने । ‘विश्व नै समृद्धिको युगमा प्रवेश गरेका छ । हामीलाई पनि अब ढिलाई गर्ने छुट छैन । जुन प्रतिवद्धता व्यक्त गरेर हामीले निर्वाचन लड्यौं, त्यही प्रतिवद्धताको कार्यान्वयन हाम्रो प्राथमिकता हो । म्याग्दी जिल्ला पनि जलस्रोत, जडीबुटी र पर्यटनका दृष्टिले निकै ठूलो सम्भावना बोकेको जिल्ला हो, यसको विकासका लागि हाम्रो जोड हुनेछ ।’
    प्रचण्डले विचार मिलेकै कारण एमाले–माओवादी बीच एकता हुन लागेको जानकारी दिँदै पार्टी एकता कसैका विरुद्ध लक्षित नभएको बताए । ‘विचार मिल्ने पार्टीहरु मिल्दा नै देशको हित हुन्छ । देशको बृहत्तर हितलाई ध्यानमा राखेर नै पार्टी एकताको संकल्प गरेका हौं, हाम्रो एकताका कसैका विरुद्ध लक्षित छैन, यसबाट कसैले शंका लिन जरुरी पनि छैन’ प्रचण्डले भने
    छिट्टै पार्टी एकता हुन्छ
    बेनी । महोत्सवको उद्घाटन गर्न बेनी पुग्नुभएका अध्यक्ष प्रचण्डले छिट्टै नै एमाले र माओवादीबीच पार्टी एकता हुने जानकारी दिए। ‘निर्वाचनपछि हामी राष्ट्रिय राजनीतिको झमेलामा फस्यौं, त्यसले केही समय लागेजस्तो देखिएको हो । तर, अब छिटै पार्टी एकता हुन्छ । देशको बृहत्तर हित र जनताको चाहनालाई केन्द्रमा राखेर हामी एक हुन्छौं, तपाईहरु पनि त्यसरी नै मनस्थिति बनाउनु होला’ अध्यक्ष प्रचण्डले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.