विकल तुलाचन, अध्यक्ष, पश्चिमाञ्चल होटल एसोसिएसन पोखरा
पोखरा नेपालकै पर्यटकीय स्थल हो । फेवाताल, वेगनास ताल, रुपा ताल, पातले छाँगो, सराङकोटलगायत पर्यटकीय स्थल हेर्न वार्षिक करिब ४ लाख पर्यटक पोखरा पुग्छन् । ६ सय होटल र ३ सय लज रहेको पोखरामा २५ हजारले रोजगारी पाएका छन् । पोखराका होटलमा २ खर्ब रुपैयाँ लगानी रहेको अनुमान छ । वार्षिक एक अर्बभन्दा धेरै लगानी थपिइरहेको छ । तर राज्यले सहुलियतमा ऋण समेत नदिएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन गुनासो गर्छन् । प्रस्तुत छ उनीसंग गरेको कुराकानी ।
पोखरामा होटल व्यवसायको अवस्था कस्तो छ ?
क्रमिक रुपमा वृद्धि भैरहेको छ । मध्यम वर्गका होटल थपिने क्रम जारी छ । होटल अनुसार पर्यटक पनि मध्यम नै खालका नै बढी आउन गरेका छन् । बर्सेनी पर्यटकको संख्या बढी नै रहेको छ ।
मध्यम खालका होटलमात्रै सञ्चालनमा आउनुको कारण ?
पर्यटकको कमी नै मुख्य कारण हो । लक्जरियस पर्यटक (धेरै खर्च गर्ने पर्यटक) कम आउँछन् । उनीहरु मध्यम खालका होटल तथा लजमा नै बस्छन् । त्यही भएर पनि यस्ता होटल धेरै खुलेका हुन् ।
सुविधा सम्पन्न होटल नखुल्नु पनि लक्जरियस पर्यटक नआउनुको कारण हो कि ?
तपाईंको कुरामा पनि केही सत्यता छ होला तर मुख्य कारण भने त्यो हैन । काठमाडौंसम्म आइपुग्ने सबै पर्यटक यहाँ आउँदैनन् । यसको मुख्य कारण पूर्वाधार हो । सिजनमा हवाई टिकट पाइँदैन । सडक यातायात राम्रो छैन । घण्टौंसम्म ट्राफिक जाममा फस्नुपर्छ । यदि यी समस्या नभएको भए सायद हामीले भने जस्ता पर्यटक आउँथे र होटल व्यवसायमा लगानी गर्न पनि डराउनु पर्ने अवस्था रहँदैन थियो । पाँच तारे होटल पनि खुल्थे । अहिले पोखरा ग्राण्डमात्रै छ, यहाँ पाँच तारे होटल, फूलबारी रिसोर्ट त बन्द जस्तै छ ।
काठमाडौं आउने र पोखरा आउने पर्यटकमा फरक छ ?
धेरै फरक छ । काठमाडौं प्रायः सेमिनार, बैठक, सरकारी भेटवार्ता तथा गैरसरकारी संस्थाको कामले आएका हुनछन् । त्यस्ता व्यक्तिलाई पनि पर्यटकको रुपमा पोखरा भित्र्याउन सके राम्रा होटलको खपत हुन्छ । तर, अहिले यहाँ आउने पर्यटकको औषत खर्च त्यति धेरै हुँदैन । उनीहरुलाई यहाँ ल्याउन सबैभन्दा पहिला हवाई सेवाको टिकट भनेको समयमा पाउनुपर्छ । तर, यहाँ सिजनमा एक हप्ता अगाडि टिकट बुक गर्नुपर्ने अपस्था छ ।
औसत खर्च कति छ वाह्य पर्यटकको ?
१५ सयदेखि दुई हजारसम्म खर्च गर्छ एउटा पर्यटकले । उनीहरु डेढदेखि २ दिनसम्म बस्छन् ।
काठमाडौं आएका मध्ये कति पर्यटक पोखरा आइपुग्छन् ?
त्यो संख्या निकै कम छ । काठमाडौं आएका मध्ये ३० देखि ३५ प्रतिशत पर्यटकमात्रै पोखरा आइपुग्छन् । सन् २०१७ मा साढे ९ लाख पर्यटकले नेपाल भ्रमण गर्दा पोखरामा ४ लाखमात्रै आइपुगे ।
के गरेको खण्डमा बढीभन्दा बढी पर्यटकलाई पोखरा ल्याउन सकिन्छ ?
सबैभन्दा पहिलो कुरा त पूर्वाधारको विकास नै हो । पोखरा विमानस्थललाई अन्तर्रा्ष्ट्रिय स्तरको विमानस्थल बनाउनुपर्छ । सडकमार्गलाई व्यवस्थित बनाउनुपर्छ । दिनहुँ हुने दुर्घटना र लामो ट्राफिक जामदेखि पर्यटक डराउँछन् । यो अवस्थाको अन्त्य हुनुपर्छ ।
अन्नपूर्ण पदमार्गमा होटलमा आवश्यक लगानी गर्न सक्नु भएको छैन । स्वीकार्नु हुन्छ ?
हो, तपाईंले भन्नु भएको सत्य हो । अन्नपूर्ण पदमार्गमा सिजनमा पर्यटक बस्न पाइरहेका छैनन् । पदमार्गमा जाँदा एउटै होटलमा भुइँमा लाइन लागेर आफ्नै स्लिपिङ ब्यागमा सुत्नुपर्छ । पैसा तिरेर पनि बस्न खान नपाएर फर्किएको पर्यटकले आफ्नो देश जाँदा राम्रो सन्देश लिएर जाँदैन ।
ट्रेकिङको कल्चर नै बसिसकेका बेला पनि किन लगानी हुन सकेन ?
अन्नपूर्ण पदमार्गमा लगानीको आवश्यकता छ । सोलुमा सुविधा सम्पन्न होटल तथा लज बनिसके तर अन्नपूर्ण पदमार्गमा त्यो हुन सकेको छैन । ट्रेकिङ सिजनमा हुने भएकाले पनि हो । यो क्षेत्रमा लगानी बढाउन अब यो क्षेत्रमा अन्य पदमार्गको पनि खोजी हुनुपर्छ । यसो भयो भने सिजनमा पनि राम्रो व्यवसाय हुन थालेपछि लगानीकर्ता आफैं आकर्षित हुन्छन् । सरकारले पनि व्यवसायीलाई लोनमा सहुलियत दिनुपर्छ ।
निजी क्षेत्रबाट पनि त तपाईंहरुले पर्यटन प्रबद्र्धनका लागि के गरिरहनु भएको छ ?
सुरुमा अहिलेको जस्तो थिएन । हामीले आफ्नै प्रयासमा सबै गरेका हौं । सरकारले व्यवसायीलाई खासै केही सहयोग गरेको छैन । हामीले जाऔं है पोखरा अभियान चलाउँदै आएका छौं । सडकमा महोत्सव गर्दै आएका छौं । आन्तरिक पर्यटक हामी आफैंले बढाएका हौं । पोखरा आन्तरिक पर्यटकले धानेको छ । ४० प्रतिशत पर्यटक आन्तरिक हुने गरेका छन् ।
९ सय होटल तथा लज छन् । २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । यो हाम्रो एकल प्रयासमा भएको हो । २ खर्ब लगानी छ । बार्षिक एक अर्ब भन्दा धेरै लगानी थपिरहेको छ । तर राज्यले हामीलाई सहुलियतमा ऋण पनि दिँदैन ।
सरकारले के गरिदनु पर्यो ?
सहुलियतमा ऋण दिनुपर्छ । सुलभ हवाई तथा सडकको व्यवस्था गरिदिनुपर्छ । भूकम्प अगाडिसम्म चिनियाँ पर्यटकको संख्या सबैभन्दा धेरै थियो । त्यो अहिले घटेर भारतीयको भन्दा पनि न्यून छ । भूकम्पको त्रास अब छैन भन्ने सन्देश सरकारले चीनसम्म पुर्याउनु पर्छ । सडक मार्ग हुँदै ठूलो संख्यामा चिनियाँ आउने भएकाले नेपाल चीनका सीमा नाकाहरु खोल्नुपर्छ ।

बाह्रखरी
Related