बाग्लुङको वलेवामा पनि उड्ने भो जहाज, चैतभित्रै नेपाल वायुसेवा निगम र तारा एयरले उडान गर्ने
तपाईको प्रतिक्रिया





वसन्तराज उप्रेती
काठमाडौं । बीस वर्षदेखि बन्द रहेको बाग्लुङको वलेवा विमानस्थल चैतदेखि संचालनमा आउने भएको छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणमा आइतबार वलेवा क्षेत्रका सांसद र स्थानीय तहका जनप्रतिनिधिबीच भएको छलफलमा चैतदेखि उडान सुरु गर्ने सहमति भएको हो।प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले चैतभित्रै वलेवा विमानस्थल संचालनमा ल्याउने सहमति भएको बताए।नेपाल वायु सेवा निगम र यति एयरलाइन्स अन्तर्गतको तारा एयरले वलेवामा उडान गर्नेछन्।यी दुई एयरलाइन्सले साताको एकरएक फ्लाइट गर्नेछन्।
उनका अनुसार विमानस्थल संचालनका लागि बागलुङ नगरपालिका,नेपाल वायुसेवा निगम र तारा एयरबीच सम्झौंता हुनेछ।पोखरेलले जहाज उडानका लागि १६ जना यात्रु सुनिश्चितताको जिम्मा बाग्लुङ नगरपालिकाले लिएको बताए।विमानस्थलको प्राविधिक अवस्था बारे अध्ययन गर्न प्राधिकरणले केही दिनमै टोली पठाउने उनले बताए।
उनले भने ’बलेवामा कच्ची धावनमार्ग भएकाले ट्वीनअटर विमान मात्रै संचालनमा ल्याउन सकिन्छ।’एनएसी र तारा एयरले हप्तामा एउटा एउटा फ्लाइट राख्ने सहमति भएको उनले जानकारी दिए। उनका अनुसार हरेक फ्लाइटमा १६ जना प्यासेन्जरको सुनिश्चितता नगरपालिकाले लिने सम्झौता भएको छ।
बिजमाण्डू
Related