• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सुन्तला खाँदाका फाइदा कब्जियत देखि क्यान्सर सम्म

  •      /१ माघ २०७४, सोमबार ०८:२५ ,  प्रकाशीत
  • चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईंहरु धेरैले लिनु भएको होला। सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ।

    नेपालको पाहाडी भेगमा प्रसस्त मात्रामा उत्पादन हुने सुन्तला मुटुरोग, क्यान्सर जस्ता रोगका बिरामीका लागि उपयोगी हुन्छ । सुन्तला सेवनबाट यी फाइदा लिन सकिन्छः

    उच्च रक्तचाप   सुन्तलामा पाइने ‘हेस्परिडिन’भन्ने तत्वले उच्च रक्तचाप हटाउन मद्दत गर्छ।

    रोग प्रतिरोधात्मक क्षमता   सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। तसर्थ जाडोको समयमा खाँदा चिसो लाग्छ भनेर सुन्तला खान आनाकानी गर्नु भन्दा रुघाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारामा सुन्तला समावेश गर्नु राम्रो हो।

    छालाको सुन्दरता   सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ ।

    कोलेस्टेरोल  सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। तसर्थ, उच्च कोलेस्टेरोल भएका भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ ।

    क्यान्सर  सुन्तलामा पाइने ‘डी(लिमोनेन’ भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ। एन्टिअक्सिडेन्टले पनि क्यान्सर हुन नदिन सहयोग गर्छ। सुन्तलामा पाइने प्रसस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन मद्दत गर्छ।

    स्वस्थ मुटु  सुन्तलामा प्रसस्त मात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग पुर्‍याउँछ ।

    दृष्टि   सुन्तलामा पाइने भिटामिन ए स्वस्थ आँखाका लागि एकदमै आवस्यक तत्व हो। यसले उमेरसँगै गुम्ने दृष्टि क्षमातालाई बचाउन मद्दत गर्छ।

    कब्जियत   सुन्तलामा पाइने फाइबर अर्थात् रेशायुक्त पदार्थले कब्जियत हुनबाट जोगाउँछ। यसले हाम्रो पाचन प्रणाली स्वस्थ राख्न मद्दत गर्छ।

    सुन्तलाको फल मात्रै नभएर यसको बोक्रा पनि कतिपय पोषक तत्वले भरिपूर्ण हुन्छ। तसर्थ, अहिले सुन्तलाको मौसममा खाजाका रूपमा सुन्तला खानु र आफ्नो परिवारलाई खान प्रोत्साहन गर्नु स्वास्थ्यको दृष्टिकोणले आवश्यक छ।

    news24nepal

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.