• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की जिल्ला फुटबल संघको अध्यक्षमा मिलन गुरुङ बिजयी

  •      /२ माघ २०७४, मंगलवार १३:२४ ,  प्रकाशीत
  • पोखरा । कास्की जिल्ला फुटबल संघको सातौ अधिवेशनबाट अगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा मिलन गुरुङ निर्वािचत भएका छन् । मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले प्रतिशपर्धी शिव गुरुङ (माया)लाई ८ मतको अन्तरले पराजित गरेका हुन्। मिलनले १३ मत प्राप्त गरेका बिजयी भएका थिए भने शिवले ५ मत मात्र प्राप्त गरे ।
    यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ(चन्द्रं) निर्वा्चित भएका छन् । सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ, शुशिलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बास्तोला र ईन्द्रबहादुर कुँवर निर्विरोध निर्वाची भए । सचिव र कोषाध्यक्ष भने मनोनयन भईसकेको छैन् । कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने छ ।
    नयाँ नेतृत्वसँगै दुईवर्षदेखि स्थगित रहेको मनकामना केवलकार पोखरा कपलाई निरन्तरता दिनुपर्ने चुनौति थपिएको छ । अघिल्लो कार्यकालमा भएको फुटबल प्रतियोगिता सञ्चालनार्थ भएको ऋण समेत यो नयाँ कार्यसमितिको काँधमा आईपुगेको छ । अधिवेशनमा कास्की जिल्ला फुटबल संघका आवद्ध २३ क्लब मध्ये केवल १८ क्लबले मात्रै मताधिकार पाएका थिए ।
    संघको अधिवेशनको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितका अध्यक्ष खगराज पौडेलले उद्घाटन गरे । अधिवेशनको उदघाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशाला पुर्वाधार निर्माणको चरणमा रहेको उल्लेख गर्दै फुटबल विकासको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
    अखिल नेपाल फुटबल संघका केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईले खेलकुद भित्र जातीयवाद र राजनीतिवादले धरासायी बन्दै गएको भन्दै फुटबलमा यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। अधिवेशन सचिव शिव गुरुङ(माया) र कोषाध्यक्ष हिटलर घलेको कोषाध्यक्षको प्रतिवेदनलाई पास गरिएको थियो । कोषाध्यक्षको प्रतिवेदन अनुसार कास्की जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिता आयोजना गर्दा ७ लाख ४४ हजार रुपैयाँ ऋण देखिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.