पोखरा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता पूर्व उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले वर्तमान सरकारले नयाँ जनादेशको अपमान गरेको बताएका छन्।
प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले बुधबार पोखरामा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले जनमतको अपमान गरी विभिन्न बहानामा सत्तालम्ब्याउन खोजेको आरोप लगाए। ‘सरकारले जनादेशको अपमाग गरेको छ,विभिन्न बाहानामा सत्ता लम्ब्याउने खेलमा लागिरहेको छ ’उनले भने। सत्तता लम्वाउने बहानावाजीले जनादेशको अपमान भएकोछ।’
नेता महराले निर्वा्चित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण नगरी देउवा सरकारले कानुनी र संवैधानिक अड्चन देखाएर आयु लम्बाउन लागि परेको आरोप लगाए।
वाम एकताका वारेमा बोल्दै नेता महराले एमाले र माओवादी केन्द्र बीचको एकता प्रक्रिया अघि बढी सकेको बताए। ‘जुनसुकै हालतमा पार्टी एकीकरण भएरै छाड्छ’उनले भने। ‘जनताबाट अनुमोदित भैसकेकाले वाम एकतालाई कसैले रोक्न सक्दैन्।’ नरोकिने उनको जिकिर थियो।
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीले देशलाई विकासको बाटोमा अघि बढाउन महिलाको भूमिका महत्वपूर्ण हुने हुँदा महिलामैत्री विकासको संरचना निर्माणमा दलहरु केन्द्रित हुनुपर्ने बताइन्। मुलुकमा अब, बिकास र समृद्धी चाहिएको छ,त्यसकोलागि सम्पूर्ण दाजुभाई दिदिवहिनीहरु हातेमालोगरी अगाडि बढ्नुपर्छ’ उनले भनिन्। ‘ विकास निर्माणको महिलाहरुको अहम भूमिका भएकाले दलहरुले महिलामैत्री विकास संरचनामा ध्यान दिनु आवस्यकछ।’ पहिलोपोष्ट
पोखरा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता पूर्व उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले वर्तमान सरकारले नयाँ जनादेशको अपमान गरेको बताएका छन्।
प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले बुधबार पोखरामा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले जनमतको अपमान गरी विभिन्न बहानामा सत्तालम्ब्याउन खोजेको आरोप लगाए। ‘सरकारले जनादेशको अपमाग गरेको छ,विभिन्न बाहानामा सत्ता लम्ब्याउने खेलमा लागिरहेको छ ’उनले भने। सत्तता लम्वाउने बहानावाजीले जनादेशको अपमान भएकोछ।’
नेता महराले निर्वा्चित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण नगरी देउवा सरकारले कानुनी र संवैधानिक अड्चन देखाएर आयु लम्बाउन लागि परेको आरोप लगाए।
वाम एकताका वारेमा बोल्दै नेता महराले एमाले र माओवादी केन्द्र बीचको एकता प्रक्रिया अघि बढी सकेको बताए। ‘जुनसुकै हालतमा पार्टी एकीकरण भएरै छाड्छ’उनले भने। ‘जनताबाट अनुमोदित भैसकेकाले वाम एकतालाई कसैले रोक्न सक्दैन्।’ नरोकिने उनको जिकिर थियो।
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीले देशलाई विकासको बाटोमा अघि बढाउन महिलाको भूमिका महत्वपूर्ण हुने हुँदा महिलामैत्री विकासको संरचना निर्माणमा दलहरु केन्द्रित हुनुपर्ने बताइन्। मुलुकमा अब, बिकास र समृद्धी चाहिएको छ,त्यसकोलागि सम्पूर्ण दाजुभाई दिदिवहिनीहरु हातेमालोगरी अगाडि बढ्नुपर्छ’ उनले भनिन्। ‘ विकास निर्माणको महिलाहरुको अहम भूमिका भएकाले दलहरुले महिलामैत्री विकास संरचनामा ध्यान दिनु आवस्यकछ।’
पहिलोपोष्ट
Related