• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अर्मलामा पर्वतिय दौड र पुरुष भलिबल प्रतियोगिता हुने

  •      /३ माघ २०७४, बुधबार १५:२० ,  प्रकाशीत
  • पोखरा, ३ माघ । पोखराको अर्मलामा माघ ८ गते पर्वतिय दौडको आयोजना गरिने भएको छ ।दौड प्रतियोगिता बाटुलेचौर विन्ध्यवासिनी मावी बाट सुरु भई अर्मला कोटमा पुगेर सम्पन्न हुने नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङले जनाकारी दिए। उक्त दौड प्रतियोगिताको दुरी १० किलोमिटरको हुने उनले बताए ।
    युवाहरुलाई समाज परिवर्तनका लागि खेलकुदको महत्व उजागर गर्दै अर्मलामा पराम्परागत श्रीपञ्चमी मेला तथा संस्कृतीको संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको हो। प्रतियोगितामा पर्वतिय दौड संगै खुल्ला पुरुष भलिबल प्रतियोगिता लगायतका अन्य खेलहरु समावेश गरिएको आयोजक अर्मला युवा दुर्गा क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिए ।
    अध्यक्ष गुरुङका अनुसार खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार र दोश्रोले २५ हजार साथमा कप, मेडल र प्रमाणपत्र पाउने छन । यसै गरि पर्वतिय दौडमा प्रथम हुनेले नगद १५ हजार, दोश्रोले १० र तेश्रोले ५ हजारका साथमा पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन । सान्त्वना हुने दुई जनालाई नगद १ हजार ५ सय प्रदान गरिनेछ । छेलो प्रतियोगितामा प्रथमले ३ र दोश्रोले १ हजार तथा १६ वर्ष भन्दा मुनीको प्रथमलाई नगद १ हजार र दोश्रो लाई ५ सय प्रदान गरिनेछ ।
    प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न अर्मलाकोट युके परिबार तथा याक यति याक नेप्लीज रेष्टुरेन्ट, वाथ युकेका शेर बहादुर गुरुङले सहयोग गरेका छन।
    उक्त कार्यक्रमको सह प्रायोजन खेपना प्रतिष्ठान, अर्मला बिकास मंचले गरेको छ। माघ ८ गते नै अर्मला परिवार युकेको सहयोगमा अर्मला कोटमा करिव ५३ लाखको लागतमा नव निर्मित प्यारापिट सहितको बास्केटबल तथा भलिबल कोर्टलाइ समुदायमा हस्तान्तरण गरिने कार्यक्रम रहेको नेपाल बास्केटबल संघका उपाध्यक्ष एवम अर्मला निवासी जुम गुरुङले बताए ।
    युकेमा कार्यरत अर्मला निवासी शेरा गुरुङले पठाएको नगद ७५ हजार र वुद्धी गुरुङ, सम्मर बहादुर गुरुङ, जिवन गुरुङ, तथा सुनिल गुरुङ बाट प्राप्त नगद ६९ हजार गरि नगद १ लाख ४४ हजार बास्केटबल तथा भलिबल कोर्टका निर्माण संयोजक डब्लु.ओ.वान जित बहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
    पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
    ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.