• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा भेट्रान फुटबल जारी

  •      /५ माघ २०७४, शुक्रबार १२:०८ ,  प्रकाशीत
  • पोखरा, ५ माघ । बगर भाइ खलक द्वारा संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को शुक्रबारको खेलबाट डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौ, आयोजक बगर भाइखलक ए, जोरपाटी काठमाडौ र दिप युनाइटेड पोखरा सेमी फाइनलमा प्रवेश गरेका छन ।
    सेमीफाइनलमा सिएमजीले जोरपाटीको सामना गर्ने छ भने बगर भाइ खलक ए दिप युनाइटेड संग भिड्ने छ । यता काठमाडौका सिएमजी र जोरपाटी टिममा अधिकांश पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित छन ।
    डिफेन्डिङ च्याम्पिएन तथा पूर्व राष्ट्रिय खेलाडीले भरिएको सिएमजीले प्रतिष्पर्धात्मक खेलमा पाहुना टोली कलकत्ता भेट्रान भारतलाई टाइ ब्रेकरमा ३–२ गोलले पाखा लगाएको छ। निर्धारित समयमा सिएमजीका लागि चेतनारायण श्रेष्ठ र कलकत्ताका लागि देवदाश चौधरीले एक एक गोल गरेका थिए ।
    खेलको मध्यान्तर लगतै चेतनारायण दुइ वटा पहेंलो कार्डका कारण मैदान छोड्नु पर्दा सिएमजी कलकत्ता संग दवावमा खेलेको थियो । तर टाइ ब्रेकरमा कलकत्ताका खेलाडी विश्वजित दाशको प्रहार गोल पोष्टमा लागेर बहिरिदा सिएमजीले सेमिफाइनलको यात्रा तय गरेको हो । सिएमजीका लागि खेलका म्यान अफ दि म्याच टिम कप्तान उपेन्द्रमान सिंह, बिजय श्रेष्ठ र कृष्ण मालाकारले गोल गरे भने कलकत्ताका लागि बिजय पल र प्रन्तोष रायले गोल गरे ।
    यसै गरि दोश्रो खेलमा आयोजक बगर भाइ खलक ए ले बुटवल भेट्रान्सलाई २–० ले पराजित ग¥यो । उक्त खेलमा बगरका लागि धन गुरुङ (सन्तोष) ले दुवै गोल गरेका थिए । उनी खेलका म्यान अफ दि म्याच घोषित भए । जोरपाटी काठमाडौ भेट्रान्सले चितवनलाई टाइ व्रेकरमा रोक्न सफल भयो । निर्धारित समयमा दुवै टिम बाट गोल नभएपछि टाइ ब्रेकरमा जोरपाटीले चितवनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जोरपाटीका लागि राकेश श्रेष्ठ, निमा लामा र सरोज थापाले गोल गरे भने चितवनका लागि एक मात्र गोल नर्कु तामाङले गरे । उक्त खेलमा जोरपाटीका सरोज थापाल म्यान अफ दि म्याच पाए ।
    यता स्थानिय टिम दिप युनाइटेडले फोर्टी फाउन्डेशन काठमाडौलाई १–० ले स्तव्द्य पा¥यो । दिप युनाइटेडमा सम्मिलित नेपाली राष्ट्रिय टिमका पूर्व टिम कप्तान बसन्त गुरुङले एक मात्र गोल गर्दै टिमलाई सेमिफाइनलको यात्रा तय गराए । उक्त खेलमा दिपका कृष्ण गुरुङ म्यान अफ दि म्याच घोषित भए । शनिवार विहान दुवै सेमी फाइनलका खेल हरु हुने र दिउसो १ बजे फाइनल खेल हुने आयोजक बगर भाइ खलकका सदस्य खगेन्द्र गुरुङले बताए ।
    ४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाएको यस प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
    पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
    ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.