आन्तरिक राजश्व कार्यालय पोखराद्धारा ४ अर्व १९ करोड राजश्व संकलन
/६ माघ २०७४, शनिबार ०४:३१ , प्रकाशीत
पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराले यस आर्थिक वर्षको समिक्षा अवधिमा लक्ष्य अनुरुप राजश्व संकलन गरेको जनाएको छ ।
यस आर्थिक वर्षमा ८ अर्व ६३ करोड राजश्व संकलनको लक्ष्य राखिएकोमा ४ अर्व १९ करोड भन्दा बढि रकम संकलन गरिएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशबप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार पौष महिनामा मात्र ९४ करोड लक्ष्य रहेकोमा १ सय १० करोड भन्दा बढि राजश्व संकलन गरि १ सय १५ प्रतिशत सफलता हाँसिल गरेको छ ।
गतवर्ष ६ अर्व ९६ करोड लक्ष्य रहेकोमा सोही अनुरुप असुली भएको थियो भने यस वर्ष सो रकममा अर्थ मन्त्रालयले २४ प्रतिशत बृद्धि गरि लक्ष्य पुरा गर्न आन्तरिक राजश्व कार्यालय पोखरालाई जिम्मेवारी दिएको थियो ।
प्रदेश नम्बर ४ को मुख्य केन्द्रको रुपमा रहेको पोखरा सेवा उद्योगका लागि अब्बल मानिन्छ । राजश्व बृद्धि गर्नका लागि पर्यटन लगायत अन्य उद्योगलाई ब्यवस्थित गरेर लैजान सकेमा राजश्व संकलन अहिलेको भन्दा दोब्बर बनाउन सकिने उप्रेतीको भनाई छ ।
त्यसैगरि यस क्षेत्रमा मुख्य योगदान रहेको अन्तशुल्कको पनि अशुलि सन्तोषजनक रहेको देखिएको छ । गण्डकी र धौलागिरी अञ्चलमा सिमित रहेको यस कार्यालयले सूर्य नेपालदेखि लिएर विभिन्न डिष्टिलरीबाट अन्तशुल्क उठाउँदै आएको छ भने राजश्वको अर्को प्रमुख श्रोत मुल्य अभिबृद्धि कर भ्याट रहेको सो कार्यालयले जनाएको छ । यस वर्ष आय कर, घरबहाल कर, स्वास्थ्य शिक्षा लगायतका करहरुमा पनि सूचांक सकारात्मक देखिएको कर अधिकृत गेहन्द्र गिरीले बताए ।

Related