• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एट ए साइड भेट्रान फुटबल उपाधी आयोजक बगर भाइ खलकलाई

  •      /६ माघ २०७४, शनिबार १३:१८ ,  प्रकाशीत
  • पोखरा । बगर भाइ खलक द्वारा संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उपाधी आयोजक टिमले नै चुमेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक बगर भाइक ए टिमले डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौलाई १–० गोल अन्तरले पाखा लगाउँदै उपाधी चुमेको हो । उपाधी संगै आयोजक टिमले नगद १ लाख प्राप्त गरेको छ भने सिएमजीले नगद ५० हजार प्राप्त ग¥यो ।
    सम्पन्न फाइनल खेलमा बगर भाइ खलकका लागि धन गुरुङ (सन्तोषले) मध्यान्तर लगतै गोल गर्दै टिमलाई उपाधी नजिक पु¥याएका थिए । यता पूर्व राष्ट्रिय खेलाडी बाल गोपाल महर्जनको कप्तानीमा उत्रेको सिएमजीले गोल गर्ने धेरै प्रयासहरु बगर भाइ खलकका किपर लक्षुमण गुरुङले बिफल पारे । खेलमा बगर भाइ खलकका डिल्लीराम श्रेष्ठ (मिलन) म्यान अफ लि म्याच घोषित भए । यस अघि शनिबारनै सम्पन्न सेमी फाइनलका खेल बाट सिएमजी र बगर भाइ खलक फाइनल प्रवेश गरेका थिए ।
    प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बगर भाइ खलकका जय थापा भए भने वेष्ट गोल किपरको उपाधी सोही क्लबका लक्षुमण गुरुङले पाए । प्रतियोगितामा सिएमजी बाल गोपाल महर्जन वेष्ट मिड फिल्डर र वेष्ट डिफेन्डर सोही टिमका राजन नेपाली भए ।
    प्रतियोगितामा वेष्ट स्ट्राइकरको उपाधी बगर भाइखलकका धन गुरुङ (सन्तोष) ले प्राप्त गरे भने उनले नै सर्वाधिक गोलकर्ताको उपाधी समेत पाए । उनले प्रतियोगितामा चार गोल गरेका थिए । प्रतियोगितामा फेयर प्ले टिमको उपाधी भने नख्खीपोट ललितपुरले पाएको थियो । उनीहरुले नगद ५ हजार सहित आकर्षक अवार्ड समेत प्राप्त गरेका थिए ।
    बिजयी टिम तथा खेलाडीलाई कास्की प्रदेश सभासद बिन्दु कुमार थापा, मुख्य प्रायोजक स्व रन्जित गुरुङका परिवार मेजर खुसीमान गुरुङ र मन्जु गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ लगायतले रनिङ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
    कार्यक्रममा सिने कलाकार तथा भेट्रान फुटबल खेलाडी धिरेन शाक्य, पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बाल गोपाल महर्जन र हरी बहादुर कार्कीलाई प्रतियोगितामा तीन वर्ष देखि सहभागीता जनाएकको भन्दै सम्मान गरिएको थियो ।
    ४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहका खेलाडी सहभागिता रहेका प्रतियोगीताको मूख्य उद्देश्य अग्रजहरुलाई सम्मान, समकालिनलाई व्ययाम र स्वास्थ्य प्रति जागरुक गराउने रहेको थियो ।
    माघ २ गते प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
    पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
    ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.