डा अरुणा उप्रेती
घरवरपर पाइने निमलाई हामी खासै वास्ता गर्दैनौँ । तर, निमको निकै महत्व छ । यो स्वास्थ्यलाई फाइदा गर्ने महत्वपूर्ण आयुर्वेदिक औषधि हो । खाँदा तीतो हुने निमका फाइदा अनेक छन्
० जडीबुटीमा निमलाई अमृत नै भन्दा पनि हुन्छ । खाँदा तीतो भए पनि यो अमृत नै हो । किनभने, यसले धेरै रोग लाग्नबाट बचाउँछ ।
० शरीर, छाला तथा कपालमा विभिन्न तरिकाले निम प्रयोग गर्न सकिन्छ । निम थिचेर निकालिएको रस प्रयोग गर्न सकिन्छ । अझ निमको तेल बढी फाइदाजनक हुन्छ ।
निमको तेल शरीरमा दल्दा छालाको एलर्जी, पोतो, चाउरीपनलगायत अधिकांश समस्या समाधान हुन्छ ।
० निमको रसले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा विशेष
भूमिका खेल्छ ।
० निम खाँदा रगत सफा हुन्छ, साथै रक्तसञ्चार सहज बनाउँछ ।
० खाली पेटमा निमको रस पिउँदा पेटसम्बन्धी समस्या कम हुन्छ ।
० मधुमेहका रोगीलाई समेत निमको रसले फाइदा गर्छ । सुगरको लेभल नियन्त्रणमा राख्न भूमिका खेल्छ । यसले कोलेस्ट्रोलसमेत घटाउँछ ।
० निमको पानी सेवन गर्दा दाँत र गिजालाई चम्किलो, स्वस्थ र बलियो बनाउँछ ।
० निमले भोक जगाउने मात्रै होइन, दिसा गडबडी हुन दिँदैन ।
० खाद्यान्न ९चामल, गहुँ, मकै० राखेको बोरामा निमका केही पात राखिदिए किरा लाग्दैन । निममा हुने तत्वले किरा लाग्नबाट बचाउँछ ।

Related