• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश प्रमुख कुवँरले पदभार ग्रहण संगै सपथ गराए

  •      /७ माघ २०७४, आईतवार ०५:५४ ,  प्रकाशीत
  • पोखरा । प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बावुराम कुवँरले पदवहाली संगै प्रदेशका सदस्य मध्येका जेष्ठ सदस्यलाई पद तथा गोपनियतको सपथ गराएका छन्।
    शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि प्रदेश प्रमुख पोखरा आएर पदभारग्रहण संग सपथग्रहण गराएका हुन्। प्रदेश प्रमुख कुवँरले प्रदेश सभासदस्यहरु मध्येबाट सवै भन्दा जेष्ठ सदस्य एमालेबाट नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा पर्ने २ ‘ख’बाट निर्वा्चित ६७ वर्षका जनकलाल श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सहिदचोकस्थित क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ ।
    कार्यभार सम्हाल्न पुगेका कुँवरलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामी ग्रहणपछि प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रममा सकारी कार्यालयका प्रमुख, प्रशानिक तथा सुरक्षा प्रमुख, मेयर, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।
    पदभार ग्रहणपछि प्रमुख कुँवरले ४ नम्बर प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउन भूमिका खेल्ने बताए। ‘प्रदेश नम्वर ४ जलविद्युत र पर्यटनमा अब्बल रहेको छ,यसको समुचित प्रयोग गर्दे समग्र प्रदेशको आर्थिक समृद्धीमा लाग्ने छु’ उनले भने। ‘सवै संगको सहकार्यतामा नै विकास र समृद्धीमा लाग्ने छु।’
    अथाह सम्भावना छ । मैले त्यो सम्भावना उजार गर्न अभिभावकीय भूमिका निर्वाह गर्नेछु’ प्रमुख कुँवरले भने, ‘मेरा कारणले विकास र समृद्धिमा कुनै जटिलता हुन दिने छैन ।’
    प्रदेश ४ अन्तर्गत प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना सदस्य छन् । शपथ ग्रहणका लागि सदस्यहरु पोखरा आइसकेका छन् ।

    राजिब गुरुङ सांसदको सपथ खान आएन्
    प्रदेश नम्वर ४ को मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी राजिब गुरुङ(दीपक मनाङ्गे) सपथ कार्यक्रमा उपस्थित भएन््। एमालेको समर्थनमा स्वतन्त्र रुपमा विजयी भएका राजिब प्रहरीको खोजी सुचिमा परे पछि सपथका लागि नआएका हुन्।
    सर्वोच्च अदालतले अपराधी ठहर गरी ५ बर्ष कैद सजाएँ सुनाएका कारण उनी सपथमा सहभागी नभएका हुन्। अदालती काजगात निर्वाचन आयोगमा नपुगेका भन्दै सपथका लागि क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गुरुङलाई बोलाएको थियो।
    तर,अदालतको फैसला अनुसार ५ वर्षको जेल सजाय सुनाएको भुक्तान गर्न बाकी रहेको भन्दै समाचार आए पछि उनी प्रहरीको खोजीमा रहेका कारण पक्राउ पर्ने डरले उपस्थित भएन्। सपथका ग्रहणको लागि गुरुङ पोखरा आएलगत्तै पक्राउ गर्ने तयारीमा प्रहरी बसेको थियो।

    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.