• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धेरै घुस्याहा कर्मचारी राजधानीमा

  •      /८ माघ २०७४, सोमबार ०९:१९ ,  प्रकाशीत
  • भक्तपुर । काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका सरकारी कर्मचारी बढि घुस्याहा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सूचीमा राखिएको छ ।
    अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरू काठमाडौं जिल्लामा छन् । काठमाडौंबाहेक प्रदेश नं ५ को व्यापारीक केन्द्र बाँके जिल्लामा घुस्याहा कर्मचारी ज्यादा रहेको अख्तियारले जनाएको छ ।
    उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो । आयोगको तथ्यांकअनुसार काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई रंगेहात पक्राउ गरिसकिएको छ । ‘काठमाडौं उपत्यका बढि घुस लेनदेन हुने जिल्लाका रूपमा देखियो’, अख्तियार सहायक प्रवक्ता खगेन्द्र रिजालले भने,‘बाँके दोस्रो स्थानमा देखियो ।’ बाँकेबाट पाँचजना कर्मचारी घुससहित रंगेहात पक्राउ भैसकेका छन् । घुस लेनदेनको समस्या भने देशभरि नै रहेको अख्तियारले जनाएको छ ।

    आयोगका अनुसार सबैभन्दा धेरै कर्मचारीहरूलाई नापी कार्यालयबाट घुससहित रंगेहात पक्राउ गरिएको छ । यो हिसाबले नापी कर्मचारीको घुस अड्डा बनिरहेको छ । आर्थिक वर्षको अहिलेसम्म धेरै नायब सुब्बा तहका कर्मचारी रङ्गेहात पक्राउ परेका छन् । अख्तियारका अनुसार नापी कार्यालयबाट सबैभन्दा धेरै १४ जना कर्मचारीहरूलाई रंगेहात पक्राउ गरी कारबाही गरिएको छ । दोस्रोमा मालपोत कार्यालय छ, जहाँबाट ७ जना कारबाहीमा परिसकेका छन् । यसैगरी स्थानीय तह र यातायात कार्यालयमा समान पाँच÷पाँच जना कारबाहीमा परेको अख्तियारले जनाएको छ ।

    अख्तियारले सबैभन्दा धेरै घुस्साहालाई जेठ महिनामा पक्राउ गरेको विवरण राखेको छ । यसबाट पुरानो आर्थिक वर्ष अन्त्य हुने र नयाँ आर्थिक वर्ष सुरू हुने बेला घुसको लेनदेन बढी हुने गरेको देखिएको हो । जेठ महिनामा १० जना, चैतमा ९ र बैशाखमा ५ जनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ । साउनमा ७ जना पक्राउ गरेको अख्तियारले गएको भदौ र पुसमा ३र३ जनालाई पक्राउ गरेको छ । यसैगरी गएको असोज र फागुनमा ४÷४ जना तथा मंसिर र पुसमा ६÷६ जना पक्राउ परेको अख्तियारको तथ्यांकमा उल्लेख गरिएको छ ।
    जनतापोस्ट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.