पोखरा । १६ औँ आहा रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरा रगंशालामा शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा आज माघ ९ देखि शुरु हुने आहा रारा गोल्डकप फुटवल प्रतियोगिता माघ २० गतेसम्म जारी रहनेछ ।
प्यारापिट भत्काएका कारण यसपटकको खेल खुल्ला चौरमा बसेर हेर्नु पर्ने बाध्यता छ। आयोजकले मैदान र खुल्ला चौरको ब्यवस्थापनको लागि केही प्रयास गर्दै आएको छ। चौरमा पनी छर्केर धुलोको ब्यवस्थापन र अस्थाई केही प्यारापिटको निर्माण गरिएको दावी गरेको छ।
प्रतियोगितामा ३ विभागिय टिमसहित १२ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विभागीय टिमसहित ३ वटा ए डिभिजन क्लव, ३ मोफसल, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिष्पर्धा गर्ने क्लवले जनाएको छ ।
प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक सहारा क्लवका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । उदघाटन कार्यक्रम आज दिउँसो १ः३० बजेदेखि हुने र कार्यक्रम समापन भएलगत्तै खेल शुरु हुने छ ।
प्रतियोगिताको उदघाटन खेलमा आयोजक सहारा क्लव पोखरा र सुदूरपश्चिम स्पोर्टिङ क्लव धनगढी भिड्दैछन् । आयोजक सहारा क्लवले हिजो खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा सहारा र सुदूरपश्चिम प्रतिष्पर्धामा उत्रिने जनाएको हो ।
खेल तालिका अनुसार पहिलो चरणको खेल अन्तर्गत माघ १० गते बुधबार भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लव, माघ ११ गते विहीबार विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ कलवबिरुद्ध संकटा क्लव र माघ १२ गते अर्को विभागीय टिम नेपाल पुलिस क्लव बिरुद्ध रमपम झापा ११ प्रतिष्पर्धामा उत्रिनेछ ।
संकटासँग भिड्ने तयारीमा रहेको सहाराले राष्ट्रिय टिमका खेलाडी मानबहादुर तामाङसहित लक्ष्मण जिसी, आशिष गुरुङ, सरोज योञ्जन, रणदीप पौडेल, सुसन गुरुङ, विनोद गुरुङ, विषण गुरुङ, उत्तम गुरुङ, गौरव बुढाथोकी, खुर्पा लामा, त्रिदेव गुरुङ, रिचार्ड पुन, विजयकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, विशाल श्रेष्ठ र आकाश रानाभाटले खेल्ने सहारा क्लबले जनाएको छ । क्लबका अनुसार कोचमा किरण श्रेष्ठ, सहायक कोचमा प्रह्लाद हिराचन र म्यानेजरमा सुनील राना मगर छन् ।प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशी पहिले भन्दा केही बृद्धि गरिएको छ । आयोजक सहारा क्लव पोखराले प्रथम पुरस्कारमा २ लाख वृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख वृद्धि गरेर ३ लाख ५१ हजार पुर्याएको छ । बिजेतालाई नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर तथा बेष्ट अफ फाइभ विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष थापाले बताए । प्रतियोगिताको सर्वा्िधक गोलकर्तालाई भने नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ ।

Related