• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आहा रारा गोल्डकपमा आयोजक सहारा हराउदै सुदुर पश्चिम विजयी

  •      /९ माघ २०७४, मंगलवार १२:१९ ,  प्रकाशीत
  • पोखरा । आयोजक सहारा क्लबलाई ३—० गोलले हराउदै सुदुर पश्चिम स्पोर्टिङ क्लब धनगढीले आहा रारा गोल्डकपको विजयी शुरुवात गरेको छ । सुदुर पश्चिमले १५ औं सस्करणमा आयोजक सहारासँग ४—० गोलले पराजित भएको बदाला समेत लिएको छ । तेस्रो पटक सहभागि भएको खेलमा सुदुर पश्चिमले गतवर्षको उपविजेतालाई हराएको हो।
    सुदुर पश्चिमका खेलाडि धनबहादुर थापाले खेलको २५ औ मिनेटमा गोल गरे । खेलको ७८ औ मिनेटमा मनिराम चौधरीले गोल गर्दै अन्तरलाई दोबर बनाए । खेलको थप समयमा राकेश हमालले गोल गर्दै विजय सुनिश्चित गरे । प्रतियोगितामा आदी दर्जन बढि अवसर पाएपनि सहाराका खेलाडीले गोल गर्न सकेनन् ।
    प्रतियोगितामा नेपाल आर्मी, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी, थ्रीस्टार क्लब दुई विदेशी टोली बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाईटेड, मोफसलका टोली, धरान फुटबल क्लब, झापा ११ र ए डिभिजनको संकटा क्लब गरी १२ टोलीले भाग लिएका छन् । बुधबार भारतको सिक्किम युनाईटेड र धरान फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
    प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका थिए ।
    प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन् । बेष्ट अफ फाईभले नगद सहित ट्रफी, दर्शकले स्कुटर र टिभी पाउने छन् ।
    एक रुपैयाँ प्रतिटिकटको संकलित रकम जिल्ला खेलकुद विकास समिति कास्कीलाई प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
    पोखरामा ब्यवसायीमाथि हातपात गरेको आरोपमा वडाअध्यक्ष पराजुली पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.