पोखरामा कम्प्याक्ट एसयुभी न्यू टेरानो गाडी सार्वजनीक
/११ माघ २०७४, बिहीबार ०३:४२ , प्रकाशीत
कास्की । गण्डकी धौलागिरी क्षेत्रकालागि निशान ब्राण्डका गाडीहरुको आधिकारिक बिक्रेता प्रिमियम मोटर्स प्रालि पोखराले बिश्वप्रसिद्ध कम्प्याक्ट एसयुभी न्यू टेरानो गाडीको मंगलबार पोखरामा सार्वजनिक गरेको छ । गण्डकी र धौलागिरि क्षेत्रमा निसान ब्राण्डका गाडीहरु सिभिको ग्रुप अन्तरगतको प्रिमियम मोटर्स प्रालि पोखराले बिक्रिवितरण गर्दै आएको छ।
ग्रुपका अध्यक्ष सुन्दर विजय कोइराला र निर्देशक लक्ष्मण पोखरेलले एक औपचारिक कार्यक्रमका बीच न्यू टेरानो गाडी सार्वजनिक गनरेका छन्। अध्यक्ष कोइरालाले कम्पनीले युवापुस्तालाई लक्षितगरी एसयुभी न्यू टेरानो गाडीहरु सुरक्षित, प्रिमियम ह्याचब्याककै मूल्यमा उपलब्ध गराएको बताए। ‘लक्जरीयस र सेफ्टी फिचर सुविधा सहितल स्मार्ट एवं वोल्डको अनुभूति गराउने भएकाले ग्राहको रोजाईमा पर्ने छ’ उनले भने। टेरानो गाडीको बजार मुल्य ४३ लाखदेखि ५४ लाख रुपैयाँसम्म रहेको अध्यक्ष कोइरालाले बताए।
प्रिमियम मोटर्स प्रालिका प्रशासकीय प्रमुख दिनेश आचार्यले नेपाल लगायत सार्क देशलाई लक्षित गरी ल्याईएको टेरानोले यस क्षेत्रमा पनि राम्रो बजार ओगट्ने दावी गरे। गाडीमा विभिन्न सेवा सुबिधा र विशेषता रहेका कारण ग्राहको रोजाईमा पर्नेमा कुनै शंका नरहेको उनले बताए।
न्यू टेरानोमा प्रिमियम डुअल टोन इन्टेरियर, लेदर सिट, कुज कन्ट्रोल, ७.० ईञ्च टच स्क्रीन नेभिगसन, न्यू स्टिरिङ्ग, माउण्टेन÷अडियो÷फोन कन्ट्रोल र वान टच लेन इन्डिकेटर लगायत २२ नयाँ आकर्षक विशेषता रहेको कम्पनीको दावी छ ।
शक्तिशाली इञ्जिन ११० पि एस (डिजेल टि एच पि) र १.६ लि. (१०४ पि एस) पेट्रोलको लागि रहेको छ । सुरक्षाका लागि डुअल फ्रन्ट एयरव्याग, हिल एस्र्टाट एसिस्ट एविएस, ईविडि, विए र इएस पिको साथमा रहेको छ । न्यू टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभमा पनि उपलब्ध रहेको छ । जसमा गियर सिस्टम कम्प्युटरद्वारा नियन्त्रण गरिन्छ ।
न्यू टेरानोको मूल्य रु.४२ लाख ९९ हजार देखि ५३ लाख ९९ हजार सम्म उपलब्ध छन् । १ हजार ५ सय सिसीको डिजेल इन्जिनयुक्त टेरानो भर्खरै मात्र नेपाली बजारमा सार्वजनिक गरिएको छ । छिट्टै नै १ हजार ६ सय सिसीको पेट्रोल इन्जिनयुक्त टेरानो पनि नेपाली बजारमा उपलब्धहुने कप्पनीले जनाएको छ।

Related