कास्की । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा महानगरपालिकाको तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव शुरु भएको छ।
महोत्सवको उद्घाटन प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले गरेका छन्। उद्घाटनपछि सांसद अधिकारीले राजनैतिक क्रान्ति सकिएकोले अव सवै दलहरु आर्थिक सम्वृद्धि र विकासतर्पm अग्रसर हुनु पर्नेमा बताए। ‘अब बन्ने नयाँ सरकारले परिवर्तनको महशूस हुने गरि काम गर्नेछ’ उनले भने। ‘समग्र लेखनाथको भौतिक बिकासको लगि निरन्तर लागिरहने छु।’
प्रदेशसभाका सदस्य दीपक कोइराला विन्दु कुमार थापा, व्यापार तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा प्रदेश नम्बर ४ को उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीव बहादुर कोइराला, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, तनहु उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ,सम्पुर्ण महिलाहरुको तर्फबाट बुद्धि कुमारी थापा मगर, लगायतका वक्ताहरुले महोत्सवको महत्व र उपयोगितको बारेमा मन्तब्य राखेका थिए।
महोत्व उद्घाटन पुर्व विभिन्न जन जाती,आमा समुह तथा टोल विकास सस्थाले आ आफनो भेष भसामा झाकी ¥याली निकालिएको थियो । महोत्सव माघ २२ गतेसम्म चल्ने छ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन ,विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ शुरु गरिएको महोत्सवमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल,फेन्सी, गार्मेन्ट, डेरी लगायतका करिव तिन सय ५० वटा स्टल राहेका छन् ।
औद्योगिक उत्पादन ,घरेलु तथा साना उद्योग र हस्तकलाका वस्तुहरुको वजार प्रवद्र्धन, स्थानीय उत्पादन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको वजारीकरण गर्ने महोत्सवको मूल उद्धेश्य रहेको आयोजकले जानकारी दिएको छ ।
महोत्सवका थप आकर्षणका लागि वाल उद्यान,खाना महोत्सव म्यूजिक कन्सर्ट,राष्ट्रिय लोक दोहारी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम,विद्यालयका छात्र छात्राहरुको नृत्य र गायन जस्ता कार्यक्रम राखिएका छन् ।
महोत्सव अवधिभरी तीन लाख दर्शकहरुले अवलोकन गर्ने र करिव १५ देखि २० करोड वरावरको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको छ।

Related