• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आस्था हस्पिटलको ठगी धन्दा

  •      /१२ माघ २०७४, शुक्रबार ०३:४३ ,  प्रकाशीत
  • जनकपुरधाम । सरकारले बिरामीसँग चर्को शुल्क लिनु हुँदैन भन्ने आवाज उठिरहेको समयमा जनकपुरका नाम चलेका अस्पतालले बिरामीलाई ठगिरहेको खुलेको छ । निजीस्तरबाट सञ्चालित जनकपुरको आस्था हस्पिटलले बिरामीबाट मनपरी शुल्क लिने गरेको पाइएको हो ।

    अस्पतालमा उपचारका लागि आउने बिरामीबाट प्याकेजमा उपचार गर्ने सम्झौता गरेर पछि चर्को शुल्क लिने गरेको तथ्य सार्वजनिक भएपछि आस्था हस्पिटलको ठगी धन्दा बाहिर आएको हो । यही माघ ३ गते साँझ ७ बजेतिर प्रसवपीडाले च्यापेपछि जनकपुर उपमहानगरपालिका–१९, जमुनिया निवासी रञ्जिता मण्डल प्रसूतिका लागि हस्पिटलमा भर्ना भइन् । उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुगेका मण्डललाई अस्पताल रोडमा औषधि पसल गर्दै आएका रामएकवाल यादवको सल्लाहअनुसार आस्था हस्पिटलमा भर्ना गराएको आफन्तले बताए । ५ सय भर्ना शुल्क तिरेर उपचार मण्डलको उपचार शुरू भयो ।
    तर, उपचारमा संलग्न चिकित्सक निलम चौधरीले गर्भमा रहेको बच्चाको चाल (धड्कन) कम रहेको भन्दै शल्यक्रिया गर्न भनेपछि अस्पतालका म्यानेजर मुकेश यादवले सम्पूर्ण उपचारका लागि २८ हजार रुपैयाँको प्याकेजमा मण्डलको अपरेशन गर्ने सहमति भएको उनका जेठाजु श्यामकुमार मण्डलले बताए । ‘प्याकेजमै अपरेशन हुने भएपछि तत्काल ५ हजार तिर्‍यौं । त्यसपछि अस्पतालले मण्डलको अपरेशन गरेर बच्चा बाहिर निकाल्यो,’ उनले भने, ‘तर डिस्चार्ज हुने बेलामा प्रसूतिको ५३ हजार र बच्चाको ४० हजार गरी अस्पतालले ९४ हजारको बिल हातमा थमाएपछि हामी आश्चर्यमा पर्‍यौं ।’

    अस्पातलको ठगी सम्बन्धमा विवाद बढेपछि उक्त शुल्क कम गरेर ७४ हजार तिर्न लगाएको उनले बताए । उनका अनुसार अस्पतालले प्याकेजमा उपचार गर्ने सहमतिपश्चात् चिकित्सक राउण्ड, बेड चार्ज, हिटर चार्ज र बच्चाको छुट्टै बिल गरी ९४ हजार पुर्‍याएको हो । जब कि प्याकेजमा प्रसूतिको औषधि, उपचार, बेड चार्ज, चेकजाँचलगायतको सेवासुविधा दिनुपर्ने हुन्छ ।

    प्याकेजमा शल्यक्रिया गर्ने सहमतिअनुसार नै मण्डलसँग शुल्क लिएको अस्पतालका म्यानेजर मुकेशको दाबी छ । अस्पतालका सञ्चालक तथा चिकित्सक निलम चौधरी यस घटना सम्बन्धमा सम्पर्कमा आउन चाहेनन् । दलालमार्फत उपचारका लागि आस्था हस्पिटल पुगेका मण्डल एक प्रतिनिधि घटना मात्र हुन् । स्वास्थ्य क्षेत्रको प्रभावकारी अनुगमन नहुँदा जनकपुरका अधिकांश अस्पताल यस्तो गतिविधिमा संलग्न देखिन्छ ।

    arthik abhiyan daily

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.