• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा क्यान इन्फोटेक फागुन ४ देखि

  •      /१२ माघ २०७४, शुक्रबार १४:२७ ,  प्रकाशीत
  • पोखरा १२ माघ । कम्प्युटर एशोएिसन नेपाल क्यान महासंघ कास्की शाखाले आगामी फागुन ४ देखि ८ गतेसम्म पोखरामा ‘क्यान इन्फोटेक–२०१८’ गर्ने भएको छ । इन्फोटेकको तयारीलाई तिब्र बनाइएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
    पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकमा कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिइने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताए ।

    इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने उनले जानकारी दिए

    इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय २० वटा स्टल रहने सचिव विकास भुर्तेलले बताए । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने उनले बताए । ‘सामाजिक क्षेत्रमा पनि हामीले योगदान पु(याउनेछौं,’ उनले भने ।

    इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको संयोजकत्वमा २७ वटा विभिन्न उपसमिति गठन गरिएको छ । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार इन्फोटेकको तयारीका काम सुरु गरेको भुर्तेलले जानकारी दिए ।

    डिजिकमको मुख्य प्रायोजन रहेको इन्फोटेकमा इन एशोसिएसन विथमा नेटिसले साथ दिएको छ । पावर्डवाई के सेभेन एन्टिभाइरस र म्याकाफी एन्टिभाइरस, डाइमण्ड स्पोन्सरमा, डेल, डिलक्स र एडिम्यकस, सिल्भर स्पोन्सरमा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, प्रिन्टिङ पार्टनर कोनिका मिनोल्टा, अफिसियल होटलको कुटी रिसोर्ट एण्ड स्पा रहेको प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिए ।
    क्यान कास्कीले आयोजना गर्ने इन्फोटेकले सूचना प्रविधिको विकास एवं प्रवद्र्धनको लागि महत्वपूर्ण योगदान पु(याउने पूर्व अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.