• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बङ्गुरपालन तालीम शुरू

  •      /१२ माघ २०७४, शुक्रबार ०३:५४ ,  प्रकाशीत
  • कास्की । पोखरा लेखनाथ महानगरपालिका पशुसेवा शाखा कास्कीको आयोजनामा ३ दिने महानगर स्तरीय व्यावसायिक बङ्गुरपालन तालीम शुरू भएको छ । महानगर क्षेत्रभित्र व्यावसायिक बङ्गुरपालन व्यवसाय सञ्चालन गरिरहेका अगुवा कृषकहरू तालीममा सहभागी छन् ।

    महानगरपालिका क्षेत्रभित्र रहेका कृषकलाई समयसापेक्ष आवश्यक ज्ञान, शीप र प्रविधिको बारेमा जागरुक तुल्याएर उत्पादन वृद्धि गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।

    तालीममा बङ्गुरपालनको महत्त्व, बङ्गुरको प्रजातिको बारेमा जानकारी, खोरको व्यवस्थापन र पाठापाठी हुर्काउने तथा व्यवस्थापनबारे जानकारी दिइनेछ । विभिन्न उमेरका बङ्गुरहरूको पोषण व्यवस्थापनलगायतका बारेमा प्रशिक्षण प्रदान गरिने महानगरको पशु शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार तालीममा बङ्गुरमा लाग्ने रोग तथा सङ्क्रमण, रोकथाम र नियन्त्रणबारे जानकारी, बङ्गुरमा लाग्ने आन्तरिक तथा बाह्य परजीवीसम्बन्धी जानकारीबारे बताइनेछ ।

    अन्तिम दिन प्रशिक्षार्थीलाई स्थानीय कच्चा पदार्थबाट दाना बनाउने विधि तथा उपयोगबारे जानकारी गराइनेछ । जैविक सुरक्षाबारे जानकारी, बङ्गुरहरूको फार्ममा अभिलेखीकरण र कुपोषणका कारण बङ्गुरमा लाग्ने रोगहरूका बारेमा विज्ञद्वारा तालीम प्रदान गरिने महानगरका पशु विकास अधिकृत सहदेव पौडेलले जानकारी दिए ।

    arthik abhiyan

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.