• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कामचलाउ सरकारले गरेका निर्णय अनुचित ः नेता ओली

  •      /१२ माघ २०७४, शुक्रबार १०:५० ,  प्रकाशीत
  • पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वतर्मान सरकारले आपूmखुशी अब,बन्ने सरकारलाई अफ्टेरोमा पार्ने र मुलुको आर्थिक अवस्थालाई तहसनसह पार्ने नियतले अनुचित निर्णयहरु गरेको आरोप लगाएका छन्। शुक्रवार पोखरामा सामुदायिक रेडियो प्रसारक संघ नेपाललेको ९३ औं अधिबेशन तथा राष्ट्रिय सम्मेलनको उद्धाटन गर्दै सो आरोप लगाएका हुन्।
    काम चलाउ सरकारले गरेका निर्णयले कालान्तरमा अर्थतन्त्रमा नै घाटा पुग्ने टिप्पणी गर्दै अध्यक्ष ओलीले सरकारले नीति र संविधान विरुद्ध दिर्घकालीन निर्णयहरु गरिरहेको आरोप लगाए।
    आबश्यकता अनुसार फेरि पनि संविधान संसोधन हुने बताउदै नेता ओलीले मधेसको माग छिटै सम्बोधन गरिने बताए। ‘यो समय राजनितिक मुद्धा बोकेर हिड्ने भन्दा पनि बिकास र समृद्धीको एजेण्डा बोकेर हिड्ने समय हो’ उनले भने। ‘अब,सवै मिलेर बिकास र समृद्धीको यात्रा तयगर्नु पर्छ।’
    सामुदायिक रेडियोले समुदायका बिषयबस्तुमा केन्द्रीत रहेर समाचार र कार्यक्रम उत्पादन गर्दै आएकोमा प्रशंसा गर्दै अध्यक्ष ओलीले समाजिक कुरीति विरुद्धमा सामदायिक रेडियोले खेलेको भूमिका निकै महत्वपूर्ण भएको बताए।
    नेता ओलीले आफ्नो नेतृत्वमा बन्ने सरकार प्रेस स्वतन्त्रताको पक्षधर तथा मिडियामैत्री हुने विश्वास दावी गरे । स्थानिय तहले विकासको खर्चलाई कटाएर रेडियो खोल्नु भन्दा भएका रेडियोसँग साझेदारी गरी बिकास र समृद्ध समाज निर्माणमा लाग्न नेता ओलीले आग्रह गरे। सामुदायिक रेडियोका बारेमा सामुदायिक रेडियो प्रसारक संघ नेपालले उठाएको एजेण्डामाथी छलफल गर्न आफु तयार रहेको उने बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.