• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एमालेका थापाको उम्मेदवारी रद्द

  •      /१३ माघ २०७४, शनिबार १५:४७ ,  प्रकाशीत
  • पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाम गठबन्धनका तर्फबाट प्रदेश नं ४ मा मनोनयन दर्ता गराएका स्याङजाका रामबहादुर थापाको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरिदिएको छ ।
    एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए ।
    उमेदवार थापाले परिचयपत्र नविकरण नगरेको खुलेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
    थापाले २७ असार २०६२ मै अपाङ्गताको परीचयपत्र लिएका थिए । तर, नयाँ निर्दे्शिका अनुसार नयाँ परिचय पत्र बनाएका थिएन्।
    कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार तनहुँका प्रकाश पन्तले थापाविरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको पोखरामा उजुरी दिएका थिए ।
    अपांगता परिचय पत्र पुरानो भएकाले मान्यता दिन नहुने भन्दै पन्तले थापाको उम्मेदवारी बदरको माग गरेका थिए ।
    उम्मेदवारी दर्ताको दुई दिनपछि मात्र नयाँ परीचयपत्र बनाएको पाइएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।
    उजुरी परेपछि थापाले सोही परिचयपत्रका आधारमा अहिलेसम्म राज्यका निकायबाट पाईने सुविधा लिएको, नयाँ निर्दे्िशका अनुसार नयाँ कार्डका लागि प्रक्रियामा रहेकाले ढिलाई भएको भन्दै सफाई पाउनुपर्ने दलीलसहित कागजात पेश गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.