• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सन्दीपले उपाहारमा १८ लाखको कार पाए

  •      /१४ माघ २०७४, आईतवार ०७:५१ ,  प्रकाशीत
  • कास्की । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ का विजेतालाई कार हस्तान्त्रण गरेको छ । पर्वतको कुस्मा नगरपालिकाका सन्दीप पौडेललाई पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसी, पोखरा उद्योग वाण्ज्यि संघका अध्यक्ष विश्वशंकर पालिखे लगायतले कारको चाँबी हस्तान्तरण गरेका हुन्।
    पर्वतको कुस्मा नगरपालिका घर भएका सन्दीप पौडेल उपचार गराउन गत माघ ४ गते पोखरा आएका थिए। त्यहि बेला पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा ब्यपारमेला चलिरहेको थियो। उनले मेला हेर्न जानकोलागि वडा प्रहरी कार्यालय बैदाममा सई पदमा कार्यरत बाबु नारायणप्रसाद पौडेलसंग आग्रह गरे।
    बाबु नारायणले छोराको आग्रह अनुसारलाई साढुभाई पोषण अधिकारीको साथ ब्यपार मेलामा पठाएका थिए। पोषणले माघ ४ गते टिकट काटेर सन्दीपलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला हेराएका थिए।
    दोस्रो दिन पुन सन्दीपलाई पिता नारायणप्रसाद पौडेलले मेला हेर्न लगे । सन्दीपले विद्यार्थी सहुलियत ४० रुपैयाँको टिकट काटेका थिए भने आफूले ६० रुपैयाँ पर्ने टिकट काटेर मेला हेरेका थिए । मेलामा पोखरा उद्योग वाणिज्य संघले प्रवेश टिकटमा हुण्डाइ कम्पनीको करिब १८ लाख मूल्य पर्ने इवनो कार उपहार राखेको जानकारी पाएका बावु छोराले दुवै दिनको टिकट सुरक्षित राखेका थिए।
    मेलाको अन्तिम दिन पत्रकार नागरिक समाजका प्रतिनिधि,उच्च अदालत पोखराका बार एसोसियसनका अध्यक्ष र पोखरा महानगरपालिकाका प्रमुख लगायतको रोहवरमा खोलिएको चिठ्ठामा भाग्यशाली टिकट नम्बर ०५४८९२ का सन्दीपलाई कार परेको थियो।
    उपचार पछि पर्वत फर्कीएका सन्दीपले मेलाको अन्तिम दिन खोलीको चिठ्ठाको वारेमा चासो राख्दै विभिन्न संचारमाध्यहरुमा हेरेपछि आफुलाई चिठ्ठा परेका जानकारी बाबुलाई फोन मार्फत गराएका थिए।
    कुष्माको नमुना आवासीय मावि कक्षा ९ मा पढ्दै गरेका १५ वर्षीय सन्दीपका पिता नारायण प्रसाद पौडेल गत बुधबार टिकटसहित पोखरा उद्योग वाणिज्य बाणिज्य संघ पुगेपछि संघका पदाधिकारीहरुले उनले लिएको टिकट र अर्धकट्टी भिडाएका थिए।
    संघका अध्यक्ष विश्वशंकर पालिखे, कोषाध्यक्ष पवनकुमार प्रजापति, टिकट व्यवस्थापन उपसमितिका संयोजक प्रेमबहादुर भुजेल, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थितिमा संघमा सुरक्षित अर्धकट्टी र टिकटलाई भिडाएर प्रमाणित गरेपछि सन्दीप नै विजेता भएको घोषणा गरिएको थियो । संघले आइतबार परिवार सहित आएका सन्दीपलाई कार हस्तान्त्ररण गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.