पोखराका ब्यवसायी गिरीको नेपाल यातायात ब्यबसायी महासंघको सचिबमा उमेदवारी
/१४ माघ २०७४, आईतवार ०४:५१ , प्रकाशीत
पोखरा । कास्कीका गान्धीराज गिरीले यही माघ १७ गते हुनगइरहेको नेपाल यातायात व्यवसायी संघको पाँचौ महाधिवेसनमा सचिब पदमा आफ्नो उमेदवारी दिएका छन्। लामोसमय देखी यातायात क्षेत्रमा रहेर काम गरेका गिरीले डोलनाथ खनाल अध्यक्ष रहेको प्यानलबाट सचिब पदमा उमेदवारी दिएका हुन्।
व्यवसायीहरुको हकहित र पेशागत सुरक्षाकोलागि आफुले उमेदवारी दिएको गिरीले बताए। ‘यातायता क्षेत्रका समस्या र चूनौतिहरुको उचित ब्यवस्थापन तथा पेशागत सुरक्षाको लागिनै मेरो उमेदवारी हो’उनले भने।
उमेदवार गिरीले आफुले लामो समयदेखि यातायत क्षेत्र र ब्यवसायी हक हितको लागि खेलेको भूमीकालाई मुल्याङकन गरी ब्यवसायीहरुले आफुलाई नेपाल यातायात व्यवसायी संघको सचिब पदमा बिजयी गराउनेमा आशावादी रहेको बताए।
गिरीले २०६० साल देखिबाट निरन्तर विभिन्न पदमा रहेर यातायात क्षेत्रमा काम गर्दै आएका छन्।
उनी २०६१ सालमा ट्याक्सी व्यवसायी समितिमा सदस्य, उपाध्यक्ष र चार कार्यकाल सम्म अध्यक्ष पदमा रहेर जिम्मेवारी पूर्वक काम गरिसकेका छन्।
त्यसैगरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अञ्चल समितीको सदस्य एवं सल्लाहकार, गण्डकी धवलागिरि सार्वजनिक यातायात समन्वय समितीको सदस्य , पोखरा पर्यटन परीषदको पदेन सदस्य, नेपाल यातयात राष्ट्रिय महासंघ केन्द्रीय सदस्य र बर्गीय संयोजक समेत बनेर आफ्नो जिम्मेवारी पुरागरि सकेका छन्। हाल ट्याक्सी व्यवसाय समिति पोखराको निवर्तमान अध्यक्ष समेत हुन्।
उमेदवार गिरीले विभिन्न समयमा यातायात क्षेत्रको सुधारकालागि महत्वपूर्ण भुमिका समेत निर्वाह गरेका छन्। उनले २०६३ मा सरकारी स्तरमा स्थानीय स्तरवाट विस्थापन ब्यवस्थापन नीति लागु गर्न महत्वपुर्ण भुमीका निर्वाह गरेका थिए। त्यसैगरी २०६९ मा नेपाल सरकारले बनाएको गण्डकी अञ्चल यातायात व्यवस्थापन कार्यदलको सदस्य भइ महत्वपुर्ण भुमिका निर्वाहगरेका थिए।
उनकै अगुवाईमा २०७० मा नेपाल सरकारवाट नितिगत निर्णय भएको थियो। त्यसमा जुन सवारी साधन विस्थापित हुन्छ त्यही सवारिकै नम्बर उपलब्ध गराउने निर्णण भई कार्यान्वयमा आएको छ। त्यसैगरी उनले टयाक्सीको सिटमा एक रुपता कायम गर्न समेत महत्वपुर्ण कार्य गरेका थिए।
सचिव पदमा उम्मेदवारी दिएका गिरीले यदी आफु निर्वाचित स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहको यातायात संञ्चालन नीति निर्माण गर्ने, २० वर्ष पुराना सवारीको व्यवस्थापन,यातायात प्राधिकरणको अवधारणा सहितको निति नियम तर्जुमा गर्दै प्राधिकरण स्थापना गर्न भुमीका खेल्ने, अनुशासित र मर्यािदत यातायात संचालनका लागि पहल गर्ने समेत ब्यवसायी समक्ष प्रतिवद्धता ब्याक्त गरेका छन्।

Related