नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले काठमाडौंका तीन वटा अस्पतालमा छापा मार्दा २० जना विदेशी अनधिकृत डाक्टर (क्वाक) पक्राउ परेका छन् ।
आज नेपाल मेडिकल काउन्सिलको सहकार्यमा सिआईबीले काठमाडौंका तीन अस्पतालमा छापा मारेको हो ।
मेडिकल काउन्सिल स्रोतले बताएअनुसार चीन तथा अन्य देशको लगानीमा सञ्चालित अस्पतालमा छापा मारिएको थियो । पक्राउ पर्नेमा अधिकांश चीन, अष्ट्रेलिया र अमेरिकाका नागरिक छन् ।
नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलबाट अनुमति लिनुपर्छ । तर, पक्राउ परेकाहरुले अनुमति नलिई बिरामी जाँच्दै आएको स्रोतले बताएको छ ।
काउन्सिलका एक अधिकारीले भने, “यो शुरुआत मात्र हो । नक्कली डाक्टर विरुद्धको हाम्रो अभियान जारी रहनेछ ।”
यही सम्बन्धमा नेपाल चिकित्सक संघले कानून विपरित अनधिकृत रुपमा बिरामी जाँच्ने काममा संलग्न अस्पताल र डाक्टरमाथि कारबाही गर्नुपर्ने माग गरेको छ । himal

Related