• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काठमाडौंका अस्पतालमा सिआईबीको छापा, २० पक्राउ

  •      /१५ माघ २०७४, सोमबार १३:०६ ,  प्रकाशीत
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले काठमाडौंका तीन वटा अस्पतालमा छापा मार्दा २० जना विदेशी अनधिकृत डाक्टर (क्वाक) पक्राउ परेका छन् ।

    आज नेपाल मेडिकल काउन्सिलको सहकार्यमा सिआईबीले काठमाडौंका तीन अस्पतालमा छापा मारेको हो ।

    मेडिकल काउन्सिल स्रोतले बताएअनुसार चीन तथा अन्य देशको लगानीमा सञ्चालित अस्पतालमा छापा मारिएको थियो । पक्राउ पर्नेमा अधिकांश चीन, अष्ट्रेलिया र अमेरिकाका नागरिक छन् ।

    नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलबाट अनुमति लिनुपर्छ । तर, पक्राउ परेकाहरुले अनुमति नलिई बिरामी जाँच्दै आएको स्रोतले बताएको छ ।

    काउन्सिलका एक अधिकारीले भने, “यो शुरुआत मात्र हो । नक्कली डाक्टर विरुद्धको हाम्रो अभियान जारी रहनेछ ।”

    यही सम्बन्धमा नेपाल चिकित्सक संघले कानून विपरित अनधिकृत रुपमा बिरामी जाँच्ने काममा संलग्न अस्पताल र डाक्टरमाथि कारबाही गर्नुपर्ने माग गरेको छ । himal

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.